
एजेन्सी । दिनहुँ तापक्रम बढ्दै गइरहेको छ यस्तो अवस्थामा एसीको प्रयोग गर्नु अत्यावश्यक पनि हुने गर्छ । तर लामो समय एसीमा बसिरहँदा स्वास्थ्य सम्बन्धी समस्याहरु हुन सक्छन् ।
नियमित एसीमा बस्ने वा रातभर एसी खोलेर सुत्ने गर्नाले विभिन्न स्वास्थ्य समस्याहरु हुन्छन् । यसबारेमा विस्तारमा जानौं ।एसी खोलेर रातभर सुत्ने गर्दा टाउको दुख्ने समस्या हुन सक्छ । एसी चलिरहँदा यसको चिसो हावा विस्तारै टाउकोमा लगातार आइरहन्छ जसले गर्दा टाउकोमा भारीपन महसुस हुन सक्छ ।
रातभर एसी खोलेर सुत्ने बानी छ भने यसले छालामा पनि नराम्रो असर पर्छ । जसले गर्दा छाला सुख्खा र रुखो हुने र छालाको चमक पनि कम हुने हुन्छ ।
लामो समयसम्म एसी खोलेर बस्ने बानीले हड्डी पनि कमजोर हुन सक्छन् । किनकी शरीरलाई लामो समय अत्यधिक चिसो वातावरण राखिरहँदा हड्डीसँग जोडिएका समस्याहरु हुने अत्यधिक सम्भावना हुन्छ ।एसीमा लामो समय रहँदा शरीरमा प्राकृतिक हावा आउन पाउँदैन जसले गर्दा तपाईंलाई थकान महसुस हुन सक्छ । शरीरलाई ऊर्जावान बनाइराख्नका लागि प्राकृतिक ताजा हावाको आवश्यकता पर्दछ ।
कतिपयलाई लगातार एसीमा बसिरहँदा रुघाखोकी लाग्ने समस्या हुन्छ । साथमा दम तथा छातीमा अन्य समस्या भएका व्यक्तिलाई यस्तो समस्या अझै छिटो हुने गर्छ ।


















Discussion about this post