
सार्थक ब्यूरो ।। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ ।सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो ।सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा पेस गरेपछि धन्यवाद प्रस्ताव पेस गर्न बसेको बैठक कांग्रेसले अवरोध गरेको हो ।छानबिन समिति गठन नभएसम्म कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न दिएपनि अन्य कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने बटमलाइन बनाएको छ ।


















Discussion about this post