मन्त्री पदको भागबण्डा मिलाउन मन्त्रालय फुटाइदै

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइदैछ। मन्त्री पदको भागबण्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने विषयमा सत्ता पक्षका दलहरुबिच सहमति भइसकेको छ।
नेकपा एमाले र माओवादीले दुईदुई मन्त्रालय लिने अडान राखेपछि सो मन्त्रालय फुटाइन लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत आर्जन गरेलगत्तै सुदूरपश्चिम सरकारमा माओवादी र एमाले दुईदुई मन्त्रसहित सहभागि हुनेछन्। अबको एक दुई दिनभित्रै सरकारमा सहभागि हुने गरी तयारी भइरहेको नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताए।
सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुखसहित ११ सासंद छन्। त्यस्तै नेकपा एमालेका पनि उपसभामुखसहित ११ जना सासंद छन्। सभामुख तटस्थ पद मानिने भएकाले एमाले अहिले संसदको दोस्रो ठूलो दल बनेको छ। दोस्रो ठूलो दलको हैसियतले उसले माओवादी भन्दा बढी मन्त्रालय पाउनुपर्ने माग गरिरहेको छ।
माओवादी संसदीय दलले भने संसदमा अहिले नेकपा एमाले र माओवादीको हैसियत एउटै रहेको बताएको छ। त्यस कारण पनि एमाले र माओवादी दुईरदुई मन्त्रालयसहित सरकारमा सहभागि हुँदैछन्। नयाँ को–को मन्त्री हुने भन्ने विषयमा भने यकिन भइनसकेको प्रदेश सभा सदस्य रावलले बताए।
अहिले सत्तागठबन्धन दलहरू प्रदेश सरकारमा भागबन्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाउने तयारीमा छन्। रावलले सो मन्त्रालय फुटाउने विषयमा दलहरूसँग करिब सहमति नै भइसकेको छ। बिहीवार एकीकृत समाजवादी पार्टीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेको थिए। अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र उन्मुक्तिकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित