
सार्थक ब्यूरो । कैलालीमा राजमार्ग बन्द गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा पूर्व–पश्चिम महेन्द्र राजमार्ग बन्द गरिएको छ।ट्रकको ठक्करबाट स्थानीय २३ वर्षीय युवा कमल तिरुवाको मृत्यु भएपछि राजमार्ग बन्द गरिएको प्रहरीले बताएको छ। स्थानीयले राजमार्गमा टायर बालेर अवरुध पारेका छन्।
ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरीका अनुसार म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको थियो। मङ्गलवार राति ११ः५५ बजेको समयमा दुर्घटना भएको हो। उनको मङ्गलवारनै १ः४० बजेको समयमा उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।


















Discussion about this post