भीमदत्तमा भ्रमणको नाममा ३० लाखखर्च

सार्थक ब्यूरो । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्रमणको नाममा ३० लाखभन्दा बढीको बजेट खर्च गरेका छन्।स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्वन्धि ऐन २०७५ तथा भ्रमण खर्च नियमावली २०६४ बमोजिम पालिकाले कर्मचारी र पदाधिकारीलाई भ्रमण खर्च र अनुगमन खर्चको नाममा ३० लाख २५ हजार ६५० रुपैयाँ भुक्तानी दिएको छ।
तर यति ठूलो भ्रमणको नाममा खर्च गरिएको भए पनि अधिकांश भ्रमणको उद्देश्य र प्रयोजन कार्यालयकै कामका लागि भनेर स्पष्ट रुपमा खुलाइएको भने छैन्। साथै भ्रमणपछि तोकिएको ढाँचामा भ्रमण प्रतिवेदन पेस नगरेरै बजेट पचाउने काम भएको हो। भ्रमण अभिलेख अद्यावधिक गरेर समेत राखिएको छैन्।
कानुनी व्यवस्थाको कुनै पालना नगरेरै भीमदत्त नगरपालिकाले भ्रमणको नाममा यति ठूलो रकम खर्च गरेको हो। यसका साथै भीमदत्त नगरपालिकाले पालिकाभित्र कार्यरत केही कर्मचारीलाई दोहोरो भत्ता समेत बाँडेको पाइएको छ। नगरपालिकाको आर्थिक विवरणभित्र रहेको कारोबारको थप कार्य भनेर निर्णय नै गराएर विभिन्न कर्मचारीलाई दोहोरो भत्ता बाँडिएको छ।
अतिरिक्त काम गरेको कुनै हाजिरी र अभिलेखबिना नै १५ जना कर्मचारीलाई ८ लाख १७ हजार ७ सय रुपैयाँ भुक्तानी गरिएको छ। सो रकम सम्वन्धित कर्मचारीबाटै असुल उपर गर्न महालेखा परीक्षकको कार्यालयले सुझाएको छ। भीमदत्त नगरपालिकाले राज्यकोषको रकम दुरुपयोग हुने गरेर मनलाग्दी रुपमा वितरण गर्दै आएको समेत पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित