कृष्ण प्रसाद सुवेदी
वैदेशिक रोजगार एने २०६४ को दफा २१ (१) विपरित वैदेशिक रोजगार विभाग अन्तर्गतका कायर्यालयहरुले जी–मेललाई आधिकारिकता दिई व्यक्तिगत श्रम स्वीकृति दिन थालेका छन । व्यक्तिगत कामदारको श्रम स्वीकृति लिने सम्बन्धी निर्देशिका २०६९ संसोधन हुन लागेको बहानामा यसरी सामाजिक सञ्जाल जी–मेललाई आधिकारिक मानेर जथाभावी व्यक्तिगत श्रमस्वीकृति दिन थालिएको हो ।
यस भन्दा अगाडि रोजगारदाता कम्पनीको आधिकारिक ई–मेल ठेगानाबाट वैदेशिक रोजगार विभागको आधिकारिक ई–मेल मयाभ२नयख।लउ लगायतका विभागको ई–मेलमा प्रमाणित कागजात हेरेर मात्र व्यक्तिगत श्रमस्वीकृति दिने प्रचलन थियो । व्यत्तिगत श्रम स्वीकृति दिने निदेर्शिका २०६९ संसोधन नभएसम्मकालागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरे हुने व्यवस्थाले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा जाने नेपाली युवायुवतीहरु अलपत्र पर्ने र सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा मानव तस्करी हुने जोखीम बढाएको छ । युद्धग्रस्त रुस,यूक्रेन लगायतका मुलुकमा नेपाली कामदार रोजगारीमा जान प्रतिवन्ध छ ।सातै प्रदेशमा वैदेशिक रोजगार विभागको शाखा कार्यालयहरु रहेका छन् । गत माघ देखि नै यसरी अनाधिकारिक रुपमा जी–मेललाई मान्यता दिएर रकमको चलखेल गरी व्यक्तिगत श्रम स्वीकृति दिन थालिएको हो । रोजगारदाता कम्पनीको आधिकारिक ई–मेल हुनु पर्नेमा कम्पनीको जी–मेल ठेगानाबाट विभागको ई–मेलमा माग पत्र आएको खण्डमा व्यक्तिगत श्रम स्वीकृति दिने व्यवस्थाले कति पय युवाहरुलाई रसियन सेनामा भर्ना हुने बाटो खुलेको छ । वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले कम्पनीको जी–मेललाई आधिकारिक मानेर श्रम स्वीकृति दिन थालिएको स्वीकार गरे । रोजगारदाता कम्पनीको आधिकारिक ई–मेल ठेगाना नहुने भन्ने प्रश्नै हुन्न । एउटा ई–मेल ठेगाना नहुने कम्पनीले कसरी रोजगारी दिन सक्छ? श्रोतले उल्लेख गरेको छ । विभाग श्रोतका अनुसार सातै प्रदेशका श्रम कार्यालयबाट दैनिक १२ सयदेखि २०० सम्म व्यक्तिगत श्रमस्वीकृतिको टोकन बाँडिन्छ । सबै भन्दा बढी श्रम कार्यालय काठमाडौंबाट व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् ।वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको लाइसेन्स नम्बर ३५५/०५९/०६० ले वैदेशिक रोजगारीको लागि केवेत मुलुक पठाएका अधिकांंस नेपाली कामदारहरु अलपत्र परेका छन, केही नेपाल फर्किएका छन भने केही कामदार कम्पनी परिवर्तन गरेर काम गरिरहेका छन् । नेपालमा गरेको सम्झौता विपरित काम लगाएको,सेवा,सुविधा नदिएकोले उनीहरु आफ्नै खर्चमा नेपाल फर्किएका हुन । स्वदेस फर्किएका नेपाली कामदारका अनुसार उक्त मयानपावरबाट कुवेत गएका सयौं कामदार हाल पनि अलपत्र अवस्थामा छन् ।
पासपोर्ट नम्बर ०८८५७१०७ रहेका करन लामा,पासपोर्ट नम्बर एब्ण्ढद्धघठटद्द विश्वदीप सुव्वा सहित ७ जना गत चैत्रमा नेपाल फर्किएका थिए । नेपालमा गरेको सम्झौता वमोजिम काम नपाएपछि उनीहरु आफ्नै खर्चमा नेपाल फर्केर वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी ‘नमस्ते नेपाल म्यानपावर’का विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिए । स्वदेश फर्कनु अधि कुवेतबाट पासपोर्ट नम्बर ०८८५७१०७ रहेका करन लामा लगायतलाई नेपाल फर्केर म्यानपावरको विरुद्ध कुनै उजुर बाजुर नगर्ने कागज बनाएर सहीछाप गरेपछि मात्रै नेपाल फर्काइएको थियो । लामा र सुव्वा लगायत सात जना स्वदेश फर्केका थिए ।
म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने वेलामा पैसा नबुझाएको भिडियो बनाउँछन भने सम्झौता विपरितको काम र कम्पनी परेर फर्कनु प¥यो भने नेपाल आएर म्यानपावरको विरुद्ध कुनै उजुरबाजुर गर्ने छैन भनेर जबरजस्ती कागज नगरेसम्म स्वदेश फर्कन सक्दैनन ।
वैदेशिक रोजगार ऐनको दफा ५५ मा नेपालमा गरेको सम्झौता विपरित सेवा,सुविधा र कम्पनी फरक पारी काममा लगाएमा त्यसरी वैदेशिक रोजगारीमा पठाउने सम्बन्धित म्यानपावर कम्पनीलाई एक लाख रुपैया जरिवाना र जति पारिश्रिमक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजतपत्रवालाबाट कामदारलाई भराइदिनु पर्नेछ । एैनमा यस्तो व्यवस्था भए पनि अझसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
तर सम्झौता विपरितको सेवा,सुविधा र काम नपाएर फर्केका कामदारलाई वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिको विभाग परिसरमा रहेको कार्यालयले पिडितलाई डर,त्रास र धम्की दिई जबरजस्ती मिल्न लगाई विभागका कर्मचारीसमक्ष उपस्थित गराएर मेलमिलाप गराउने गरेका छन् । यो र्वतमान ऐन,कानुन र वैदेशिक रोजगार ऐन २०६४ को दफा ५१ र ५५ विपरितको कार्य हो । विभाग परिसरमा म्यानपावर व्यवसायीले त्यस्तो खालको मेलमिला कक्ष राख्न पाउँदैनन । म्यानपावरको मेलमिलाप कक्षमा वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि, वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीका सञ्चालक र ठगिएका पिडित कामदारमात्र हुने गरेका छन् । यसरी जबरजस्ती सहमती गराएर विभागका कर्मचारीको रोहवरमा मेलमिलाप गर्न लगाइन्छ । मेलमिलाप कक्षमा विभागको उपस्थिति रहँदैन ।
उक्त म्यानपावर कम्पनीबाट कुवेतमा गएका सन्तोष वि.क.ले विभाग समक्ष तीन लाख विस हजार माग दाबी गरेका छन भने करकापमा पारेर वि.क.लाई बीस हजार दिएर जबरजस्ती मिल्न लगाइएको छ । यो वैदेशिक रोजगार ऐन २०६४ को दफा ५५ विपरितको कार्य हो । विश्वदीप सुव्वाले तीन लाख पचास हजार बुझाएका थिए भने अधिकांसले दुई लाख पचास हजार माथि बुझाएर रोजगारकिोलागि कुवेत गएका थिए ।


















Discussion about this post