विश्वासको मतको सामना गरेर आजै सरकारबाट बाहिरिदै

सार्थक ब्यूरो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले आफ्नो कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बिहान पत्रकार सम्मेलन गरी जम्कट्टेल नेतृत्वको सरकारले आफ्नो कार्यकालमा दुरगामी महत्वका उत्कृष्ट कामहरू गर्न सफल भएको दाबी गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास निर्माण, सार्वजनिक खर्च कटौती र सुशासन कायम गराउन महत्वपूर्ण काम गरेको बताए । राजनीतिक अस्थिरताका कारण सरकार फेरबदल भइहे पनि वर्तमान प्रदेश सरकारले हालसम्मकै उपलब्धिमूलक कामहरू गर्न सफल भएको उनको भनाइ छ ।
बागमती प्रदेश सरकारले सार्वजनिक गरेको उपलब्धी विवरण पुस्तिकामा पाँच आर्थिक वर्षमध्ये सबैभन्दा बढि आर्थिक वर्ष २०८०/८१ मा पूँजिगत खर्च र विकासका काम भएको उल्लेख छ । १६ महिने कार्यकालमा भौतिक पूर्वाधारतर्फ ५ सय ९६ किमी पक्की सडक, दुईसय ६७ किलोमिटर ग्राभेल सडक, ६१ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण गरिएको उल्लेख छ । खानेपानी तर्फ दुईसय पाँच वटा ठुला आयोजना र १५ सय २१ सिंचाइ योजना सम्पन्न भई ४१ सय ४८ हेक्टर क्षेत्रमा सिंचाई बिस्तर भएको प्रगति विरणमा उल्लेख छ ।
प्रादेशिक सडक गुरुयोजना निर्माण, प्रदेश उच्च शिक्षा परिषद गठन, प्रादेशिक अस्पतालहरुको स्तरोन्नती, नेपाल र तामाङ भाषलाई प्रदेशमा सरकारी कामकाजको भाषा मान्यतालाई सरकारले आफ्नो महत्वपूर्ण उपलब्धी भनेको छ ।
गरिबी निवारण र पछाडि पारिएका सीमान्तकृत वर्गको संरक्षण कार्यक्रम, गृहिणी महिला उद्यमशिलता कार्यक्रम, नमुना वडा समाजवादी कार्यक्रम,एक वडा एक कृषि उत्पादन,दलित समुदायको विकास कार्यक्रमलाई पनि उपलब्धी विवरणमा समावेश गरेको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको १६ महिने अवधिमा २०७९ माघ ३ गते, २०७९ चैत्र १० गते र २०८० चैत्र १९ गते विश्वासको मत लिइ नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए । तर पछिल्लो राजनीतिक समिकरणका कारण आजै विश्वासको मत सामना गरेर प्रदेश सरकारबाट बाहिरिने उनको तयारी छ ।


















Discussion about this post