देउडा लोकप्रिय बनाउन निरन्तर लागि रहेका छन् रावल

सार्थक ब्यूरो।सुदुरको लोक देउडा क्षेत्रलाई लोकप्रिय बनाउनका लागि गायक नरेन्द्र रावल निरन्तर लागि रहेका छन् । चाहे बिगतको क्यासेटको जमाना होस या आधुनिक डिजिटल प्रविधि होस देउडा गीत संगीतमार्फत उनले थुप्रै गीतहरु बजारमा ल्याएर स्रोता दर्शक माझ लोक प्रिय बन्दै गएका छन् ।
अछाम मंगलसेन नगरपालिका–१० जुपुमा जन्मिएका रावलको बाल्यकाल देखिकै रुचि गायन तथा गित संगीत भएकै कारण उनी द्वन्द्वका बेला २०५७ सालमा आफ्नो पहिलो गीति क्यासेट ‘फुलिजा शान्तिका फुल’ नामक बजारमा ल्याएका थिए ।
पहिलो क्यासेटका गीतहरु स्रोताहरुले निकै रुचाएपछि उनका अन्य गीति क्यासेटहरु शिरानीमा आँशु, धन्य पिरतिका खेल, रंगायाको सिउँदो, कर्मका खेल, अपुरा सैना, कलेजका शेषलगायत दर्जन बढी देउडा क्यासेट स्रोता हरुले निकै रुचाएका थिए ।
विषेश गरी सुदुर तथा कर्णालीमा आफ्ना गीतमार्फत लोकप्रिय बन्दै गएका गायक रावलले क्यासेटहरु टेपरिकोटमार्फत् सुन्ने प्रविधि हराउँदै गएपछि उनले आफ्ना गौड्या भेट र सुदुर पश्चिम ढक मक्क फुली नामक लोक देउडाका दुईटा अडियो भिडियो बजारमा संगै ल्याए ।
जुन गीत रावलका मेचीदेखि महाकालीसम्म निकै लोक प्रिय र चर्चित रहे, तत्कालीन समयमा प्रबिधिका कारण सेलाएको देउडा गीतमा र देउडाको क्षेत्रमा सुदुरका कलाकारमा समेत उनका गीतले जागरण ल्यायो ।
यति मात्र नभएर उनले २०७५ को उत्कृष्ट देउडा गायकको रुपमा ओएस नेपाल म्युजिक अवार्ड समेत हात पारे, संगै २०७५ मा नै उनी सुदुर पश्चिम सरकार बाट संगीत बिधा तर्फबाट पहलमान सिंह स्वार स्रष्टा पुरुषकारबाट सम्मानित भए ।
देउडा क्षेत्रमै उनले विभिन्न समयमा संगित तर्फका दर्जन बढी सम्मान र पुरुषकार हात पर्न सफल भएका रावलले दर्जनौ लोक देउडाका चर्चित अडियो भिडियोहरु बजारमा ल्याएका छन । हाल उनले झल्को रयाको बोलको गित रेकर्ड गरि लगत्तै भिडियो बजारमा ल्याउने बताएकाछन ।
सुदुरको भाषा, कला, संस्कृति र साहित्यको उजागर मात्र नगरेर उनले सुदुर पश्चिमको धार्मिक, सामाजिक, र सांस्कृतिक पर्यटनमा समेत देउडा गित संगित मार्फत योगदान पुर्याउनु भएको यहाका दर्शक हरु बताउँछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रर्तिष्ठान नेपाललाई सुदुर पश्चिम प्रदेशमा संथापन गर्ने मध्यका एक रावल २०७२ सालमा प्रतिष्ठानको आजीवन सदस्य भई अछाम जिल्लाको संस्थापन उपाध्यक्ष र अध्यक्ष हुदै हाल सुदुर पश्चिम प्रदेश कार्य समितिको सल्लाहकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित