देशभर डेढ हजार बढीमा डेङ्गु पुष्टि

सार्थक ब्यूरो। वर्षा सुरुभएसँगै डेंगु लगायत किट जन्य रोगको जोखिम बढ्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले वर्षको समयमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् ।
मनसुनमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण सिर्जना हुने हुँदा डेंगु सङ्क्रमणको जोखिम बढ्ने डा. चालिसेको भनाई छ
यो वर्ष हालसम्म ७३ जिल्लामा एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको छ । सन् २०२२ मा ५४ हजार ७८४, २०२३ मा ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि यो वर्ष अन्य वर्षको तुलनात्ममा डेंगु सङ्क्रमणको जोखिम बढ्ने आंकल गरेको छ । गत वर्ष पनि मनसुनसँगै डेंगु सङ्क्रमण बढ्दै गर्दै भएको तथ्याङ्कले देखाएको छ ।
डा।चालिसेका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्यदयको समय दिउँसो र घाम अस्ताउने ९बेलुका०को समयमा सक्रिय हुने गर्छ ।
उहाँका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।
यस बाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा।चालिसे बताउँछन् ।
डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तन डा।चालिसेको भनाइ छ ।
एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तने उनी बताउँछन् । डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगु भएको बेलामा जथाभाबी औषधीको नखान उनको सुझाव छ ।
उनी भन्छन्, “डेंगु भएको बेलामा औषधी आवश्यक पर्दैन । धेरै जस्ता सङ्क्रमित ज्वरो कम गर्न प्यारासिटामोल र घरमै झेलिलो पोषिलो खानेकुरा खाएर आराम गर्दा निको हुन्छ ।”
यदि जथाभाबी औषधी खाएर हेलचेक्राई गरेको जटिल स्वास्थ्य समस्या निम्तने उनी बताउँछन् । उनका अनुसार गिजालगायतका शरीरका विभिन्न भागबाट रक्तस्राव हुने, अत्यधिक मात्रमा वान्ता हुने, पेट फुल्ने, दुख्ने, सास फेर्न गाह्रो हुने, बेचैनी हुने डेंगु सङ्क्रमणका जटिल स्वास्थ्य समस्या हुन् । यदि हेलचेक्राई गरेमा बिरामीको मृत्यु समेत हुने भएकाले गम्भीर समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन उनको सुझाव छ ।उहाँका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउनु पर्छ ।
घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डा खुल्डीहरु पुर्ने र घरआगन सफा राख्ने । लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित