सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

रोकिएन विमानस्थलबाट हुने मानव तस्करी, दुबईमा मात्रै दैनिक २५० महिलाको तस्करी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण ८, मंगलवार ७:२३
in समाचार
0

टेकराज थामी


भक्तपुरकी ३३ वर्षीया माया शर्मा ९परिवर्तित नाम० वैदेशिक रोजगारमा जाने मनस्थितिमा थिइन् । एकल आमा रहेकी उनलाई छोरी हुर्काउने जिम्मेवारीले पनि वैदेशिक रोजगारमा जान उत्प्रेरित गरिरहेको थियो । यही क्रममा उनको भेट मोरङ रंगेली नगरपालिका– ३ का ५७ वर्षीय कृष्ण अधिकारी भनिने झयन्द्रप्रसाद अधिकारीसँग भयो । उनले आफू वैदेशिक रोजगारीमा जान खोजेको बताइन् । अधिकारीले पनि उनलाई मासिक ४० हजार रुपैयाँमा दुबईको प्रतिष्ठित कम्पनीमा पठाइदिने प्रलोभन दिए । र, त्यसका लागि दुई लाख रुपैयाँ लाग्ने बताए ।

मायाले ऋण गरेर दुई लाख रुपैयाँ अधिकारीलाई ललितपुरको सातदोबाटोस्थित डेरामा लगेर बुझाइन् । उनी जब भिजिट भिसामा दुबई पुगिन्, अनि उनको दुर्दिन सुरु भयो । उनलाई दुबईमा नेपालीले नै सञ्चालन गरेको होस्टेल ९सेफ हाउस, जहाँ घरेलु मजदुरका लागि लगिएका नेपाली महिला राख्ने गरिन्छ०मा लगियो । तर, उनलाई एजेन्टले कम्पनीमा काम लगाएन । प्रतिमहिना ३५ हजार रुपैयाँ दिने प्रलोभनमा सोही होस्टेलमा घरेलु मजदुर बनायो ।

काम त उनको होस्टेलमा राखिएका महिलालाई खाना पकाउने, भाँडा माझ्ने र सरसफाइ गर्ने भनिएको थियो । तर, सञ्चालकले उनीमाथि यौन शोषणसमेत गर्न थाल्यो । यही क्रममा शर्मा गर्भवती भइन् । उनलाई होस्टेल सञ्चालकले गर्भपतनका लागि दबाब दिन थाल्यो । नमानेपछि सञ्चालकले उनलाई विवाह गर्ने प्रलोभन दियो । यसका लागि उनको सर्त थियो– सुरुमा गर्भपतन अनि विवाह । प्रलोभनमा परेकी उनी गर्भपतनका लागि नेपाल आइन् । र, बल्खुस्थित वयोधा अस्पतालमा गर्भपतन गरिन् । र, पुनः दुबई गइन् । तर, होस्टेल सञ्चालकले उनीसँग विवाह गर्न इन्कार गरे । बदलामा कुवेतस्थित राम्रो कम्पनीमा मासिक ६७ हजार पाँच सय रुपैयाँ कमाइ हुने गरी काम लगाइदिने प्रलोभन दिए ।

आर्थिक अभावले जर्जर बनेकी उनी कुवेत गइन् । कुवेतमा श्रीलंकन नागरिकले सञ्चालन गरेको होस्टेल ९सेफ हाउस, जहाँ घरेलु मजदुरका लागि विभिन्न मुलुकबाट ल्याइएका महिला राख्ने गरिन्छ०मा लगेर उनलाई राखियो । उनको अर्को दुर्दिन पुनः सुरु भयो । श्रीलंकन नागरिकले उनको मोबाइल फोन, पासपोर्टलगायत सबै कागजात खोस्यो । उनलाई कोठामा बन्धक बनायो । निरन्तर यौन शोषण गर्‍यो । नेपाल फर्कन खोज्दा बल्ल उनलाई थाहा भयो– दुबईस्थित नेपाली एजेन्टले उनलाई ६ लाख ७५ हजार रुपैयाँमा बेचिसकेका रहेछन् ।

१८ घण्टा काम, ७० वर्षीय वृद्धबाट यौन शोषण
आर्थिक विपन्नतामा जुधिरहेकी काठमाडौंकी ३० वर्षीया नेहा नेपाल ९परिवर्तित नाम० वैदेशिक रोजगारमा जाने योजनामा थिइन् । उनको भेट सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ का ३२ वर्षीय ङेमा लामासँग भयो । उनले प्रतिमहिना ६५ हजार रुपैयाँ कमाउने गरी घरेलु मजदुरका रूपमा कुवेत पठाइदिने प्रलोभन दिए ।

आफ्नी श्रीमतीसमेत कुवेतमै रहेको हुँदा वर्किङ भिसा नै मिलाइदिने प्रलोभन लामाले दिए । यसका लागि ९५ हजार रुपैयाँ अग्रिम दिनुपर्ने बताए । नेहाले जोरपाटी पुगेर रकम दिइन् । त्यसको महिना दिनपछि भिसा आयो । उनी जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्, बल्ल थाहा पाइन्– उनका लागि आएको भिसा वर्किङ नभई भिजिट रहेछ । उनी भिटिज भिसामै कुवेत पुगिन् । कुवेतस्थित लामाको एजेन्टले उनलाई ‘गोल्डेन विङ्स’ नामको कम्पनीमा लगिन् । र, भोलिपल्ट कुवेतस्थित शेखको घरमा घरेलु कामदारका रूपमा नियुक्त गरिन् । भाँडा माझ्ने, लुगा धुने, घर पुछ्नेसहित ७० वर्षीय वृद्धको हेरचाह गर्नुपर्ने उनको जिम्मेवारी थियो ।

१८ घण्टा खटिनुपर्ने भए पनि सुरुमा उनी चुपचाप काममा खटिइन् । तर, उनीमाथि जब ७० वर्षे वृद्धको यौन शोषण सुरु भयो, उनका दुःखका दिन सुरु भए । उनले आफूले पाएको पीडा ‘एजेन्ट’ लामालाई बताइन् । श्रीमान्सँग दुःख पोखिन् । आफूलाई नेपाल फर्काइदिन ‘एजेन्ट’ लामासँग आग्रह गरिन् । तर, उनले अर्को ठाउँमा लगेर तीन महिना बन्धक बनाइदिए । र, शेखकहाँ लगेर अझ कष्टकर काम लगाइदिए । पीडा ज्यादा भएपछि उनी जसोतसो भागेर कुवेतस्थित नेपाली दूतावास पुगिन् । तर, घर मालिकले उनीविरुद्ध प्रहरीमा उजुरी दियो । उनी पक्राउ परिन् । बुझ्दा थाहा भयो, उनलाई लामासहितको गिरोहले चार लाख ९८ हजार रुपैयाँमा घरेलु मजदुरका रूपमा बेचेका रहेछन् ।

नेपाल फर्किन माग गर्दा नौ महिनासम्म बन्धक
रुपन्देहीकी सविता यादव ९परिवर्तित नाम० को रुपन्देहीको रोहिणी नगरपालिका– ४ का ५१ वर्षीय समसुद्दिन खाँ पठनसँग भेट भयो । उनले फ्री भिसा, फ्री टिकटमा प्रतिमहिना ४० हजार रुपैयाँ कमाइ हुने गरी ओमान पठाइदिने प्रलोभन दिए । तुरुन्त राजी भएकी यादवले आवश्यक कागजात बुझाइन् । करिब १५ दिनपछि उनको भिसा आयो । उनलाई भारतको मुम्बई लगियो । र, मुम्बईबाट ओमान । ओमानस्थित ‘अल फर्स अल लामा हाउस मेड सप्लाई’ नामको होस्टेलमा नौ दिन राखेपछि उनलाई अरबीको घरमा घरेलु मजदुरका रूपमा नियुक्त गरियो । उनले लुगा धुने, पोछा लगाउने, भाँडा माझ्ने, आइरन लगाउनेलगायत काम गर्नुपर्थ्यो । त्यसबाहेक उनले घरमालिकको यौन शोषण पनि सहनुपर्थ्यो ।

दैनिक १८ घण्टा काम गर्नुपर्दा उनी बिरामी परिन् । उनलाई अरबीले ‘अल फर्स अल लामा हाउस मेड सप्लाई’ कम्पनीमै फिर्ता पठाइदियो । उनले कम्पनीसँग नेपाल फर्काइदिन आग्रह गरिन् । तर, कम्पनीले अस्वीकार गर्‍यो । उनलाई एजेन्ट पठानले आठ सय कुवेती दिनार ९तीन लाख ४९ हजार रुपैयाँ० मा बेचेका रहेछन् । उनी काम गर्न सक्ने अवस्थामा थिइनन् । उनलाई कम्पनीले नौ महिनासम्म बन्धक बनाएर राख्यो । यसबीच उनीविरुद्ध यौन शोषणका सयौँ घटना भए । उनले बल्लतल्ल नेपालस्थित परिवारमा सम्पर्क गरिन् । उनको फिर्तीका लागि परिवारका सदस्यले पठानलाई आग्रह गरे । तर, उनी एक लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भए ।

राम्रो कमाइ हुने प्रलोभन दिएर खाडी मुलुकमा नेपाली चेली बेचिएका माथिका केही प्रतिनिधि घटना मात्रै हुन् । उनीहरूलाई अनेक प्रलोभन दिई भिजिट भिसामा खाडी मुलुक पुर्‍याइएको थियो । र, पाँच लाखदेखि ६ लाख रुपैयाँसम्ममा एजेन्टले बेचेका थिए । कठिन प्रयत्नपछि तीन पीडितको अहिले उद्धार भइसकेको छ । तर, उद्धार हुन सकेका र जीवनमरणको दोसाँधमा संघर्ष गरिरहेका सयौँ नेपाली महिला खाडीमा छन् ।

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख एसएसपी ओम रानाले घरेलु मजदुरका रूपमा खाडी लगिएका महिलाका पीडा बयान गरिसाध्य नभएको बताए । ‘कानुनी रूपमा खाडी मुलुकमा घरेलु मजदुरका रूपमा नेपाली महिला लैजान पाइँदैन । तर, उनीहरू गैरकानुनी बाटोबाट भटाभट गइरहेका छन् । यसका लागि प्रयोग हुने भिजिट भिसा नै हो । दुःख पाउने पनि उनीहरूले नै हो । उनीहरूविरुद्ध श्रम र यौन शोषणका घटना त हुन्छन् नै, मानसिक र शारीरिक यातना पनि उत्तिकै हुन्छन् । हामीकहाँ आउने सोहीमध्येका केही घटना मात्रै हुन् । पीडितको बयानलाई आधार मान्ने हो भने यस्ता घटना खाडीका मुलुक कैयौँ छन्,’ उनले भने ।

तीन खालका एजेन्ट नेपालमा सक्रिय
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रवक्ता गौतम मिश्रका अनुसार मानव तस्करका लोकल, कन्ट्री र एब्रोड गरी तीन खालका एजेन्ट नेपालमा सक्रिय छन् । लोकल एजेन्टले गाउँघरबाट आर्थिक चपेटामा परेका महिला छनोट गर्छन् । उनीहरूलाई वैदेशिक रोजगारको सपना देखाउँछन् । र, जालमा फसाउँछन् ।

कन्ट्री एजेन्टको काम मुलुकभरका लोकल एजेन्टमार्फत आएका महिलालाई एकत्रित गर्नु, भिसा प्रक्रियाका सम्पूर्ण काम मिलाउनु, आवश्यक रकम असुल्नु र उनीहरूलाई भिजिट भिसामा दुबईलगायत मुलुकमा पठाइदिनु हो । जब महिला कन्ट्री एजेन्टमार्फत दुबई पुग्छन्, त्यसपछिको बाँकी काम एब्रोड एजेन्टबाट हुन्छ । एब्रोड एजेन्टका दुबईमा छुट्टै होस्टेल÷सेफ हाउस छन् । भिजिट भिसामा गएका महिलालाई सोही हाउसमा राखिन्छ । महिला जम्मा भइसकेपछि हाउसमा ओमान, कतार, कुवेत, इराकलगायत मुलुकबाट अर्का लोकल एजेन्ट आउँछन् । नेपाललगायत मुलुकबाट लगिएका महिलालाई सिँगारपटार गरेर राखिन्छ । र, उनीहरूसमक्ष स्टलमा उपस्थित गराइन्छ ।

रंग, रूप, उमेर, शरीर, मोटाइ, उचाइलगायत आधारमा महिलाको मोलतोल हुन्छ । जसले धेरै मूल्य भुक्तानी गर्छ, आकर्षक महिलालाई उसैले लिएर जान्छ । यसरी छनोट गरिएका महिलालाई एजेन्टले सीधै घरमालिकलाई दिँदैन । उसले आफ्नो कम्पनीमा लैजान्छ । केही महिला श्रम र यौन शोषणमा पर्छन् । घरेलु मजदुर आवश्यक परेका घर मालिकलाई कम्पनीमा आउन आह्वान गर्छ । महिलालाई उसले पुनः स्टलमा राख्छ । मोलतोल हुन्छ । र, आकर्षक मूल्य भुक्तानी गर्ने घर मालिकलाई एजेन्टले महिला जिम्मा लगाएर पठाइदिन्छ ।

‘भिजिट भिसा प्रयोग गरी नेपाली महिला दुबईमा लगिन्छ । उनीहरूलाई सेफ हाउसमा जम्मा गरिन्छ । उनीहरूको खरिदका लागि खाडीका विभिन्न मुलुकबाट अर्का एजेन्ट आउँछन् । महिलाको मोलतोल हुन्छ । जसले धेरै रकम भुक्तानी गर्छ, उसैले महिला लिएर जान्छ । सोही प्रक्रिया एजेन्टको मुलुकमा पनि हुन्छ । यसक्रममा महिलाविरुद्ध श्रम तथा यौन शोषणका घटना भइसकेका हुन्छन् । जब उनीहरू घर मालिककहाँ पुग्छन्, शोषणका यस्ता घटना अझ चरममा पुग्छ,’ ब्युरोका प्रवक्ता एसपी मिश्रले भने ।

भिजिट भिसामा दुबई जानेको लर्को
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्टको मिलेमतोमा फर्जी कागजात बनाई विमानस्थलबाट मानव तस्करी हुने भएपछि सरकारले कानुनको केही अंश संशोधन गर्‍यो । जसको उद्देश्य थियो, फर्जी कागजातका आधारमा विमानस्थलबाट हुने मानव तस्करी रोक्नु । तर, यो नीतिले मानव तस्करी रोकिएन । अझ संगठित रूपमा मौलाइरहेको छ । प्रहरीका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक दुई सय ५० महिलाको तस्करी हुन्छ । जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानेका लागि नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । तस्करले कानुनको यही दफा प्रयोग गरेर सजिलै मानव तस्कर गरिरहेका छन् ।
विगतमा भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य थियो । जसका लागि फर्जी कागजात बनाउने मात्र नभई अध्यागमनका कर्मचारीसँग समेत सेटिङ मिलाउनुपर्थ्यो । त्यसो हुँदा मनग्य खर्च हुन्छ । तर, अहिले उल्लेखित कुनै कागजात जुटाउनु नपर्ने हुँदा मानव तस्करी सहज भएको छ । ब्युरोका प्रवक्त एसपी मिश्रले भने, ‘भिजिट भिसामा मानव तस्करी हुने दर घटेको छैन, बरु बढेको छ । हामीकहाँ आउने सूचनाले त्यस्तै देखाउँछ । सूचनाअनुसार नेपालको मात्र होइन, भारतको विमानस्थल हुँदै नेपाली महिलाको तस्करी भइरहेका छन् । तस्करले नेपाल र दुवईमा सञ्जाल नै खडा गरेको देखिन्छ ।’-नयाँ पत्रिका दैनिकबाट

Previous Post

मासिक ३० रुपैयाँ तिर्न नसक्दा गरिबको घरमा बिजुली काटिन्छ, अर्बौँ बक्यौता नतिर्ने उद्योगीलाई भने छुट

Next Post

बजेट शून्यतामा सुदूरपश्चिम सरकार

Next Post

बजेट शून्यतामा सुदूरपश्चिम सरकार

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.