सन्दर्भ ७१औं स्मृति दिवस

सार्थक ब्यूरो ।नेपाली किसान आन्दोलनका महान शहिद भिमदत्त पन्त तत्कालिन घटाल गाविस हाल डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भिमदत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन् ।
उनी एक मध्यम किसान परिवारमा जन्मिएका थिए । पाँच वर्षको उमेरमै आमा गुमाएका पन्तको बाल्यकाल कारीगाउँमै बित्यो । पछि उनलाई सीमावर्ती भारतीय भूमि सिगाईमा आफन्तको संरक्षणमा अध्ययनका लागि पठाइयो । भारतको उत्तरप्रदेश सिन्हाईबाट संस्कृत बिषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारकाविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भिमदत्त पन्त नै थिए ।
अमरगढी नगरपालिका २ कारीगाउँमा वि.स. १९८३ मंसिर १० गते जन्मेका शहिद पन्तको २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । कि त जोत हलो, कि त छोड थलो, होईन भने अब छैन भलो भन्दै सशक्त रुपमा किसानको हितमा आवाज उठाएका शहिद पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर आन्दोलन गरेका थिए ।
सुदुरपश्चिममा नुनको अभाव हुँदा उनले भारतको सिमा क्षेत्र ब्रहमदेबमा रहेको नुनको डिपो कब्जागरी त्यहाँबाट गरिब जनतालाई नुन बाँडेका थिए । ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरीबका दिन अया ठालुको काल आयो ।’ उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि भिमदत्त पन्त देशलाई स्वतन्त्र बनाउने । गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियान संचालन गरेर निकै चर्चामा रहेका किसान नेता पन्त लाई २०७२ फागुन १९ गते शहीद घोषणा गरेको थियो ।
ठालु खान्ना आलु गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाएका थिए । भिमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो । ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत समेत गरेका थिए ।
तत्कालिन अवस्थामा उनले जनताको हक कायम गर्न किसान आन्दोलन, बेलौरी नुन काण्ड, बरमदेउ नुन तेल रासन व्यापारीले कालो बजारी गरी उपभोक्ता लाई बिक्रि गर्न छाडे पछि आन्दोलन गरी सर्वसाधारण लाई खाद्यान्न वितरण गरेका थिए ।
शहिद भिमदत्त पन्तको स्मृतीमा सुदूरपश्चिम प्रदेशका दुई तराई र सात पहाडी जिल्ला जोड्ने कैलालीको अत्तरिया देखि डडेल्धुरा सदरमुकाम सम्मको सडकको नाम भिमदत्त राजमार्ग राखिएको छ । सदरमुकाम बागबजार र स्याउले बजारमा पन्तको शालिक स्थापना गरिएको छ । सदरमुकाम डडेल्धुरामा भिमदत्त बहुमुखी क्याम्पस पनि सञ्चालनमा छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि नगरपालिकाको नाम भिमदत्त नगरपालिका बनाईएको छ ।


















Discussion about this post