
सार्थक ब्यूरो । गए राती परेको भारी वर्षापछि काठमाडौंमा नदी–खोलाको जलसतह बढेर आसपासका क्षेत्रमा बाढी पसेको छ। बाढीले यहाँको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंमा बाढीमा फसेका १२ र ललितपुरमा २४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ।



















Discussion about this post