“प्रथम यमन तीज म्युजिक अवार्ड २०८१“ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

सार्थक ब्यूरो ।“प्रथम यमन तीज म्युजिक अवार्ड २०८१“ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । हिन्दुमहिलाको महान चार्ड तीजको अवसरमा “प्रथम यमन तीज म्युजिक अवार्ड २०८१“ को १८ बिधमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको हो । अवार्डमा समावेश गीत संगीतलाई जुरीहरु वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार अमर बान्तु, गीतकार डा. ओम कृष्ण प्रसाईं, वरिष्ठ रेकर्डिस्ट राजिव शाह, वरिष्ठ सङ्गीतकार बिकाश चौधरी, कुशल अडियो सम्पादक गोविन्द सोनी, कुशल भिडियो सम्पादक अर्जुन पोखरेल लगायतको टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो ।
नेपाली संस्कार, संस्कृती, नेपाली गीत संगीतलाई प्रबद्र्धन गर्दै यो क्षेत्रलाई चलायमान र क्रियाशीलता बनाउन अवार्डले मद्दत गर्ने आयोजक मार्क ग्रुप प्रा लि का अध्यक्ष तथा अवार्डका संयोजक तारावीर पाण्डेले बताए ।
अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक स्रष्टालाई नगद सहित ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’ले सम्मान गरिनेछ भने महिला रङ्ग पत्रकारलाई नगद राशी सहित सम्मान गरिने आयोजकले जनाएको छ । जुरी अनि पब्लिक च्वाज अवार्ड गरी जम्मा २१ बिधामा अवार्ड बितरण गरिनेछ । अवार्ड बितरण २०८१ भाद्र १४ गत हुनेछ । यसै दिन तीजको दर खाने विशेष कार्यक्रम समेतको आयोजना गरिएको संयोजक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित