शहिद पन्त को ७१ औं स्मृति दिवस विविध कार्याक्रम गरि मनाइयो

सार्थक ब्यूरो ।शहिद भिमदत्त पन्तको ७१ औं स्मृति दिवस भव्यताका साथ सम्पन्न भएको छ । अमर शहिद भिमदत्त स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय महेन्द्रनगरको आयोजनामा सम्पन्न भएको छ । शहिद पन्तको कार्यथलोका रुपमा परिचित ब्रह्मदेव (भिनपा ९) मा रहेको शालिकमा माल्यार्पण गर्दै कार्याक्रमका अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद जोशी ले भिमदत्त पन्तको हत्य गरिएको दिन लाई हामी गरि खाने वर्गको हत्याका रुपमा लिन्छौ र शहिद पन्तलाई सधै सम्झी रहन्छौ, शहिद पन्तले बसि खाने ठालु वर्गको अन्त र किसानको उच्च सम्मान हुनु पर्ने विचार अघिसारेका थिए । ठालुहरुकै संलग्नतामा उनले शहादत प्राप्त गरेर अस्ताएका भए पनि उनको विचार अहिले पनि जिवित छ र रहि रहनु पर्दछ भन्नु भएको थियो । नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट बि.स. १९८३ मंसिर १० गते जन्मेका हुन । उत्तरप्रदेश भारतको सिन्हाई बाट संस्कृत विषयमा हाइस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो ।पन्त सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने महान व्यक्ति पनि थिए।
पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोेही नाम हो । उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो – यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।
जनताको हक कायम गर्न किसान आन्दोलन सहित उनले शिक्षाको विकासकालागि समेत अहम भुमिका खेले। उनले अमरगढी नगरपालिका २ बिरखम्बमा बिद्यालय समेत स्थापना गरेका थिए।
वि.स.२०७२ फागुन १९ गते सरकारले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो । किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटि हत्या गरिएको थियो ।


प्रतिष्ठान का सचिव कर्ण बहादुर चन्द ले संचालन गरेको कार्याक्रममा प्रतिष्ठानका उपाध्यक्ष नन्दा धामी कोषाध्यक्ष रामचन्द्र शाह, सदस्यहरु खगेश्वरी पनेरु र प्रदीप राना पत्रकार रनि विवस लगायत स्थानिय वडा सदस्य एवं सर्वसाधारण को उपस्थितिमा शहिद पन्त कै स्मृतिमा सिद्धनाथ मन्दिर परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित