केरलाको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुग्यो

सार्थक ब्यूरो । भारतको केरला राज्यस्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार १३० जनाको अस्पतालमा उपचार भइरहेको छ। साथै, घटनामा अझै २०६ जना बेपत्ता छन्। घटनाको चौथो दिन भारतीय सेनाले ४ जनाको जीवितै उद्धार गरेको छ। जसमध्ये दुई पुरुष र एक महिला रहेका छन्।
सेनाका जनरल अफिसर कमाण्डिङ मेजर जनरल भिटी म्याथ्युले मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँमा उद्धार कार्य पूरा भएको जानकारी दिए। सेनाले अहिले मोबाइलको अन्तिम लोकेशनका आधारमा बेपत्ताहरूको खोज्ने काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित