बंगलादेश अझै अशान्त, निसानामा हिन्दू अल्पसंख्यक

एजेन्सी -बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडे पनि स्थिति शान्त भएको छैन। नयाँ सरकार प्रमुखको रुपमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस आएका छन्। तर त्यहाँ कानुनी राज छैन।
सानो संख्यामा रहेका हिन्दु धर्मावलम्बीहरु त्रसित अवस्थामा भएको पाइएको छ। बंगलदेशमा करिब ९० प्रतिशत जनसंख्या मुश्लिमको छ भने बाँकी १० प्रतिशत हिन्दू र अन्य धर्म मान्नेहरु छन्।
बंगलादेशका एक हिन्दु अभिरुप सरकारले बीबीसीसँगको कुराकानीमा ढाकाबाट करिब १०० किमी उत्तरमा रहेको नेट्रोकोनाबाट आफ्नी एक महिला आफन्तले फोन गरेर भीडले घरमा आक्रमण गरेको भन्दै डराएको स्वरमा फोन गरेको बताएका छन्। ती महिलाको घरमा करिब १०० जनाको भीडले लाठी बोकेर तोडफोड गरेका थिए। उनीहरुले फर्निचर, टिभी, बाथरुम फिटिङ र ढोकामा तोडफोड गरेका थिए।
आक्रमणकारीले हिन्दुको सूची नै बनाएर आक्रमण गरेको बताइएको छ। उनीहरु त्यहाँबाट जानुअघि घरमा भएको नगद र गहनासमेत लुटेर लगेका थिए। हसिनालाई सघाइरहेको भन्दै उनीहरुले देश छोड्नुपर्ने चेतावी भीडले दिएको थियो।
हसिनाले बंगलादेश छोडेपछि थुप्रै हिन्दु मन्दिरमा आक्रमण भएको जानकारी आएको बीबीसीले जनाएको छ। हसिनाको मुश्लिम लिग पार्टी धर्म निरपेक्ष नीतिका साथ अघि बढेको थियो। त्यसैले अन्य अल्पसंख्यकले सुरक्षाको अनुभुति गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित