सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

बागलुङ पहिरोमा पुरिएर ८ जनाको मृत्यु, ४ बेपत्ता, १० घाइते

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण २३, बुधबार ६:३३
in समाचार
0


सार्थक ब्यूरो । अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । घटनामा चार जना बेपत्ता छन् भने १० जना घाइते भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
बडिगार्ड गाउँपालिका–१० आरुपाटमा जोगबहादुर बुढाको घर र गोठ मंगलबार बिहान ११ः२० बजे पहिरोले पुरिँदा ठूलो मानवीय क्षति भएको छ । पहिरोमा जोगबहादुर र उनका परिवारका सदस्यसहित छिमेकी गरी ६ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने १० जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार पहिरोमा ७८ वर्षीय जोगबहादुरसहित ७ वर्षीया जुम्ल्याहा मालती बुढाको मृत्यु भएको छ । अर्की जुम्ल्याहा छोरी मधु बेपत्ता छिन् । यस्तै, ७० वर्षीया मोतीदेवी कामी, सोही घरमा आएकी छिमेकी सिर्जना विककी ६ महिनाकी छोरीको सीता विकको पनि मृत्यु भएको छ । ८ वर्षीय अमल बुढा र ११ वर्षीया सीता पुनको समेत सोही पहिरोमा परी मृत्यु भएको छ । टाउकामा चोट लागेका जोगबहादुरको मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको हो ।
बेपत्ता हुनेमा मधु बुढासहित १० वर्षीय मनोज बुढा, ३ वर्षीय आरुष थापा र ११ वर्षीय यमलाल विक रहेका छन् ।
पहिरोमा १० जना घाइतेमध्ये ६० वर्षीया सुमित्रा विकको अवस्था गम्भीर छ । पहिरोमा परी २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगलसेन बुढा, ५१ वर्षीय शशिराम विक, १९ वर्षीया रीमा पुन, ९वर्षीय ज्ञाने बुढा, ३१ वर्षीया सीता थापा र ५० वर्षीया जैमनी बुढा घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको थप उपचारका लागि सेनाको हेलिकोप्टर आए पनि मौसम खराबीले फर्किएर बागलुङमै अवतरण गरेको छ । श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्णेल शीतल बानियाँले कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकोप्टर बागलुङमै अवतरण गर्नुपरेको बताए । पहिरोले सडक अवरुद्ध र मौसम प्रतिकूलताका कारण उद्धारमा कठिनाइ भएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । पहिरो गएको थाहा पाएपछि बागलुङबाट प्रहरी टोली र स्थानीय जनप्रतिनिधिसमेतको टोली खटिएको बागलुङका डीएसपी विजय यादवले बताए ।
वडा नं. १० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढा मगरका अनुसार थप उपचारका लागि हेलिकोप्टरबाट लैजान नसकेपछि सदरमुकाम झार्ने तयारी भइरहेको छ ।उता, बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोमा १५ वर्षीय विधान परियारको मृत्यु भएको छ । मंगलबार बिहान १० बजे नयाँबस्तीका श्यामलाल परियारका छोरा विधान घरपछाडि करेसामा पानीको भल पन्छाउने क्रममा पहिरोमा पुरिएका हुन् । उनकी आमा भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । यस्तै, बडिगाड ९ दर्लिङ काभ्राखर्कमा २४ वर्षीय गंगा बस्नेतलाई घरनजिकै गोरेटो बाटोमा हिँड्ने क्रममा पहिरोले पुरेको छ । उनको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय भीमगिठेबाट खटिएको प्रहरी टोलीले बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।घटनास्थल पुग्न बागलुङ सदरमुकामबाट ५ घण्टा मोटरबाटो तथा ५/६ घण्टा पैदलयात्रा गर्नुपर्छ ।

Previous Post

मुहम्मद युनुस बंगलादेशका अन्तरिम सरकार प्रमुख

Next Post

काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा

Next Post

काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.