सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

कैलालीमा पूर्व प्रेमीकै साथीबाट सामूहिक बलात्कार

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण २५, शुक्रबार ६:५२
in समाचार
0

सार्थक ब्यूरो । सामूहिक बलात्कारमा परेकी कैलालीको गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरी ७ महिनासम्म प्रेमीसँग लिभिङ टुगेदरमा बसेको पाइएको छ । लिभिङ टुगेदरमा रहेका प्रेमीसँग सम्बन्ध बिग्रिएपछि किशोरी उनकै साथीबाट सामूहिक बलात्कारको सिकार भएको प्रहरी अनुसन्धानबाट देखिएको हो ।
किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनका पूर्व प्रेमीका साथी समेत रहेका गोदावरी नगरपालिका–१० का २२ वर्षीय पदम थापालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ भने अन्य पाँच जना फरार भएका छन् ।
फरार हुनेमा किशोरीमाथि गोदावरीको जंगलमा सामूहिक बलात्कार गर्ने युवक, उनीहरुलाई सघाउने अन्य तीन र किशोरीका पूर्व प्रेमी रहेको प्रहरीले जनाएको छ । फरार भएकाहरुको खोजी जारी राखिएको छ ।
लिभिङ टुगेदर टुटेपछि सामूहिक बलात्कार
गोदावरी नगरपालिका–३ बस्ने १७ वर्षीया किशोरीलाई अपरिचित व्यक्तिले फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउँछन् । दुवै जना फेसबुकमा साथी भएपछि कुराकानी गर्न थाल्छन् ।
कुरा साउन दोस्रो सातातिरको हो, अपरिचित व्यक्तिले किशोरीलाई राति साढे ११ बजे भेट गर्ने प्रस्ताव गर्छन् । किशोरीले युवकको प्रस्ताव सहजै स्वीकार गर्छिन् र घरको गेट बाहिर आइराख्ने भन्दै लोकेशन दिन्छिन् ।
किशोरीले दिएको लोकेशनका आधारमा थापा एकजना अर्का साथीसँगै उनको घरको बाहिर पुग्छन् । उनीहरु त्यहाँबाट मोटरसाइकल चढेर किशोरीसहित गोदावरीको मालाखेती सामुदायिक वनको जंगलतर्फ लाग्छन् ।
जंगलमा पुगिसकेपछि थापाले किशोरीमाथि बलात्कार गर्छन् । एकैछिन्मा नाटकीय रुपमा तीन जना युवाहरु देखा पर्छन् । तीनै जनाले थापा र बिक थरका उनका साथीलाई यति राति जंगलमा केटी ल्याएर जथाभावी गर्ने भन्दै कुटपिट गरेजस्तो गर्छन् ।
उनीहरु दुवै जना त्यहाँबाट मोटरसाइकल चढेर घरतिर भाग्छन् । त्यसपछि किशोरीलाई तीन जनाको समूहमा रहेका मध्येका एक युवकले बलात्कार गर्छन् भने अन्य दुई जना पनि त्यहाँबाट हिडिसकेका हुन्छन् ।
किशोरीमाथि जबरजस्तीकरणी गरिसकेपछि राति करीब साढे १ बजेको समयमा उनै युवकले मोटरसाइकलमा राखेर घरमा पुगाइदिन्छन् । किशोरीमाथि बलात्कार गरेर मध्यरातमा घर पुगाउने युवक अरु नभएर किशोरीलाई सुरुमा जंगलमा लगेर बलात्कार गर्ने थापाकै साथी हुन्छन् ।
प्रहरी स्रोतकाअनुसार उनीहरु पाँचै जनाले योजनाबद्ध रुपमा युवतीलाई जंगलमा लगेर जबरजस्तीकरणी गरेको देखिन्छ ।
रोचक कुरा के छ भने, यसरी किशोरीमाथि सामूहिक बलात्कार गर्ने युवकहरु अरु कोही नभएर उनकै पूर्व प्रेमीका साथीहरु रहेको तथ्य खुलेको छ ।गोदावरी नगरपालिकाकै ती युवक किशोरीसँग ७ महिनाजती लिभिङ टुगेदरमा बसेका थिए भने सम्बन्ध बिग्रिएपछि छाडेका थिए ।
अनी जोडिए थापा
हाल इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा रहेका गोदावरी नगरपालिका–१० का पदम थापा किशोरीबारे उनका पूर्व प्रेमीबाट थाहा पाएपछि फेक आइडीबाट साथी बनाएर कुराकानी गर्न थालेका थिए ।
किशोरीलाई सहजै प्रेम जालमा पार्न सकिने चाल पाएका थापा सामाजिक सञ्जाल फेसबुकबाट मात्र कुराकानी गर्थे । आफ्नो वास्तविक परिचय लुकाएका थापाले नभन्दै छोटो समयमै किशोरीलाई आफूप्रती आर्कषित गरेका थिए ।प्रहरी स्रोतकाअनुसार पूर्व प्रेमीले थापालाई किशोरीले सहजै शारीरीक सम्बन्ध राख्न दिने कुरा भनेपछि उनी लोभिएका थिए । एकातिर ७ महिनासम्म लिभिङ टुगेदरमा बसेकी किशोरीको प्रेमीसँगको बिछोडको मौका पारेर उनले प्रेमजालमा पारे ।
थापाले पनि यो कुरा आफैमा सिमित राख्दैनन् । अन्य साथीहरुलाई समेत शेयर गरेपछि योजनाबद्ध रुपले किशोरीमाथि सामूहिक जबरजस्तीकरणी गर्ने भाव जागेको अनुसन्धानले देखाएको छ ।
इमेलबाट खुल्यो थापाको पहिचान
अपरिचित युवाको समूहले आफूमाथि बलात्कार भएको व्यहोराको उजुरी लिएर किशोरी इलाका प्रहरी कार्यालय मालाखेती पुग्छिन् । घरसम्म पुगेर राति मोटरसाइकलमा हालेर जंगलतर्फ लैजाने थापासँग पनि उनको फेसबुकबाट मात्र कुराकानी भएकाले युवाको पहिचान गर्न प्रहरीलाई चुनौती हुने नै भयो ।
त्यतिबेलासम्म युवकले फेक फेसबुक आइडी समेत ब्लक गरिसकेका थिए । तर कैलाली प्रहरीले साइबर ब्युरोको सहयोगमा त्यो फेक आइडीको गोदावरी नगरपालिका–१० का पदम थापाको भएको पत्ता लगाउँछन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले फेसबुक आईडीमा भेटिएको इमेल आईडीका आधारमा थापाको पहिचान भएपछि घटनाबारे अरु तथ्य खुलेको जानकारी दिए । बिष्टले युवकको समूहले निकै चलाखीपूर्वक तरिकाले फेक आईडी बनाएर युवतीलाई प्रेमजालमा पारी जबरजस्तीकरणी गरेको देखिएको बताए ।
घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै बिष्टले फरार रहेकाहरु पक्राउ परेपछि थप तथ्य खुल्ने बताएका छन् । प्रहरीकाअनुसार युवतीले अहिले पूर्वप्रेमीसहितका ६ जनाको नाममा किटानी जाहेरी दिएकी छन् । उनीहरु मध्ये तीन जना जबरजस्तीकरणीमा संलग्न र अन्य तीन जनाले सहयोगीको भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ । फरार रहेका पाँच जनाको परिचय तत्काललाई भने गोप्य राखिएको छ ।

Previous Post

टिकापुरमा चितुवाको त्रास

Next Post

१८ वर्षपछि संक्रमणकालीन न्याय टुंग्याइँदै

Next Post

१८ वर्षपछि संक्रमणकालीन न्याय टुंग्याइँदै

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.