सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

गणतन्त्र आयो तर जनताका लागि समृद्धि आएन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ श्रावण ३०, बुधबार ६:३९
in समाचार
0

लाखौँको त्याग, तपस्या, समर्पण र हजारौँको बलिदानले राणाशासन, पञ्चायती शासन र निरङ्कुश राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना भएको पनि १६ वर्ष पूरा भएको छ । यो अवधिमा १३ वटा सरकारमा आठजना प्रधानमन्त्री, सयौँको सङ्ख्यामा मन्त्री र हजारौँको सङ्ख्यामा गणतन्त्रका माननीय बनिसकेका छन् ।
देश एकात्मक शासन व्यवस्थाबाट संघीयतामा गएको छ, सिंहदरबारलाई गाउँगाउँसम्म विस्तार गरिएको भनिएको छ । देशमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर भए पनि थुप्रै असहमतिका बाबजुद संविधानसभाबाट देशले नयाँ संविधान पाएको छ । नियमित प्रक्रियाअन्तर्गत नै भौतिक विकास र पूर्वाधारमा केही परिवर्तन भएका पनि छन् ।
गाउँमा केही धुलाम्मे, केही ग्राभेल त केही कालोपत्रे सडक बनेका छन् । नयाँ–नयाँ विद्यालयका भवन पनि बनेका छन् । बिजुली धेरै ठाउँमा पुगेको छ । वडादेखि नै जनताले चुनेका विभिन्न तहका सरकार छन् । यद्यपि पछिल्लो समय गाउँ र शहर रित्तिने क्रम बढिरहेको छ । आफ्ना पुर्खाले पसिना बगाएर आर्जन गरेका खेतबारी र खोरिया छन् । शहर–बजारमा दर्जन हाराहारीमा विश्वविद्यालय छन् । ती विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका स्तरअनुसारका किसिम–किसिमका अन्य कलेज छन् । हाम्रा वन, जडीबुटी, तालतलैया, हिमाललगायत प्राकृतिक स्रोत र सम्पदा छन् तर अध्ययन, अवसर, रोजगारीको खोजीमा युवा पलायन बढिरहेको छ । आधा दर्जन सन्तान भएका बाआमालाई बुढेसकालमा पानी तताएर दिने कोही छैन । रातदिन खाई–नखाई श्रम गरेर जोडेको पाखो, पखेरा र खोरियालाई बर्खामा वनमाराले ढाक्छ र हिउँदमा डढेलोले खान्छ । बिहेमा जन्ती छैन, मर्दा मलामी छैन र लासले सन्तान कुर्नुपरेको छ । बजारका क्याम्पसका अब्बल मानिएका विद्यार्थी पनि देशमा छैनन् । विदेश गएर छुट्टीमा आएकाहरूले दुःख र अनुभव साट्ने दौँतरी भेट्न छाडिसकेका छन्। गाउँ कुर्ने जिम्मा बूढाबूढी र छिटपुट भएका केटाकेटीको मात्र हो कि भन्नेजस्तो अवस्था सिर्जना भएको छ।
उता बजारमा पनि सटर बन्द भइरहेका समाचार दिनदिनै आइरहेका छन् । बैंक र सहकारीले साना, मध्यमदेखि ठूला व्यवसायीलाई समस्यामा पारिरहेको विषय सतहमा आएका छन् । यसरी गणतन्त्रमा पनि जनताको जीवन भने खुशीमय बन्न सकिरहेको छैन । यहाँ निराशा मात्र व्यक्त गर्न खोजिएको होइन कि गणतन्त्र कस्तो हुनुपर्ने हो भन्ने विषय उठान गर्न खोजिएको हो । गणतन्त्र आफैँमा सबैभन्दा सर्वोत्कृष्ट राजनीतिक प्रणाली हो । जहाँ जो–कोही वा जनताका छोराछोरी राज्यको अभिभावक बन्ने स्थानमा पुग्न सक्छ । अर्थात् जनमतका आधारमा जनताले आफ्नो सरकार र जनप्रतिनिधि चुन्न पाउँछ । त्यहाँ रक्तसम्बन्ध र वंशवादको कुनै गुञ्जायस नै रहँदैन, तर गणतन्त्र एक राजनीतिक प्रणाली मात्र नभईकन यो त आर्थिक, सामाजिक, सांस्कृतिक र नैतिकतासहितको सिंगो राजनीतिक प्रणाली हो ।
यसको आफ्नो आर्थिक प्रणाली हुनुपर्छ, आफ्नो सामाजिक र सांस्कृतिक प्रणाली हुनुपर्छ । जनताले आवधिक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने विषय मात्र गणतन्त्र हुन सक्दैन । पाँच वर्षमा एकपटक भोट हाल्दैमा गणतन्त्र उत्तम हो भन्न मिल्दैन । राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारले मात्र गणतान्त्रिक व्यवस्थाको सार्थकता हुन्छ । सरकार र राज्य कसका लागि भन्ने विषयमा कुनै तर्क र बहस गरिरहन आवश्यक हुँदैन । यो स्वतसिद्ध विषय हो कि सरकार र राज्यको स्थापना नै जनहित, जनभलो र लोकको सामूहिक स्वार्थलाई प्रवद्र्धन गर्ने सैद्धान्तिक मान्यता र उद्देश्यसहित उच्च सामूहिक संस्थाका रूपमा निर्माण भएको हो ।
अब यति कुरा उल्लेख गरिसकेपछि हाम्रा जनताको अवस्था, राजनीतिक पार्टीहरूको अवस्था, नेतृत्वकर्ताहरूको अवस्था र सिंगो देशको अवस्थाले गणतन्त्रलाई नै गिज्याइरहेको देखिँदैन । यो १६ वर्षको गणतन्त्रको अवधि तीव्र राजनीतिक अस्थिरता, पदका लागि हुने दाउपेच, पार्टीहरूको अस्वाभाविक विभाजन, परिवारको तहसम्म अति राजनीतीकरण र भागबन्डामा गुज्रेको छ । संविधानका मर्मअनुसारका ऐन–कानुन निर्माण गर्न सकिएको छैन । शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्न सकिएको छैन। ऐन–कानुनको अभावमा संविधानप्रदत्त मौलिक हकहरूको समेत जनताले प्रयोग गर्न पाएका छैनन् । शैक्षिक बेरोजगारीको दर बढ्ने, युवा पलायनको दर बढ्ने, महँगी र भ्रष्टाचार बढ्ने तर उद्योग कलकारखानाको सङ्ख्या नबढ्ने, वैदेशिक लगानी नबढ्ने, स्वरोजगार उद्यमी नबढ्ने, राजस्व नबढ्ने अवस्था छ । यस्तो असङ्गतिपूर्ण तरिकाले गणतन्त्र कसरी बलियो बन्न सक्छ रु गणतन्त्र बलियो बन्न जनता बलियो हुनुपर्छ । जनता बलियो बनाउनलाई राज्य र सरकारको सञ्चालन ठीक ढङ्गले गर्नुपर्छ । राज्य र सरकार बलियो बनाउन असली गणतन्त्रको अभ्यास गर्नुपर्छ ।
साक्षरता दरमा वृद्धि, औसत आयुमा वृद्धि, प्रतिव्यक्ति आयमा भएको वृद्धिजस्ता केही आधारभूत सूचकमा यो अवधिमा प्रगति पनि देखिएका छन्, तर सामान्य सुधारले मात्र अब युवालाई देशमा रोक्न नसक्ने भइसक्यो । यो अवधिको सबैभन्दा ठूलो समस्या नै नयाँ पुस्तालाई देशमै केही गर्न सकिन्छ भनेर सपना देखाउन नसक्नु हो, जनतामा आशावादको सञ्चार गर्न नसक्नु हो । राजनीतिक नेतृत्वहरू आदर्शवान् बन्न नसक्नु हो । राजनीतिक स्थिरता र सुशासन कायम गर्न नसक्नु हो । राजनीतिक स्थायित्व कायम हुने, सुशासन कायम हुने, लगानीमैत्री वातावरण बन्ने, युवाहरूलाई उद्यमशील बन्न प्रोत्साहन गर्ने, झन्झटिला कानुनी प्रावधानलाई परिमार्जन गरी सहज बनाउने, नयाँ खोज र क्षमतालाई राज्यले प्रवद्र्धन गर्ने, कृषि र पर्यटनमा लगानी वृद्धि गर्ने, अनुत्पादक क्षेत्रका लगानीलाई कम गरी उत्पादनमूलक क्षेत्रमा लगाउने, युवाहरूले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेका सीप र क्षमतालाई कुनै एउटा विधि बनाएर संस्थागत तथा व्यक्तिगत उपयोग गर्ने वातावरण निर्माण गर्ने हो भने हरचिजको सम्भावना यहीँ नै हुन्छ ।
गणतन्त्रमा बोल्न पाउनुपर्छ र कमाउन पनि पाउनुर्छ । चुन्न पाउनुपर्छ र चुनिन पनि पाउनुपर्छ । जिताएर पठाउन पाउनुपर्छ र फिर्ता बोलाउन पनि पाउनुपर्छ । राजनीतिक ठेकेदारी प्रथाको अन्त्य गर्नुपर्छ । स्थिरता, स्वायत्तता, पारदर्शिता, क्षमता र जिम्मेवारीपनको संयोजनविना सुशासन कायम हुन सक्दैन अनि सुशासनविना दिगो शान्ति र समृद्धि प्राप्त हुन सक्दैन । समृद्धिविना गणतन्त्र गणतन्त्रजस्तो हुन सक्दैन । आजसम्म हामीले प्राप्त गर्न नसकेको कुरा नै यही छ । त्यसै भनिएको होइन, देशमा गणतन्त्र आयो तर समृद्धि आएन ।

Previous Post

बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक आज पारित हुँदै

Next Post

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्यो

Next Post

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्यो

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.