निर्वाचन आयोग उप निर्वाचन गर्ने तयारीमा

सार्थक ब्यूरो । निर्वाचन आयोगले सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्ष र चार वडा अध्यक्षको रिक्त पदमा उप निर्वाचन गर्ने तयारी गरेको छ ।निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ । बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ ।
निर्वाचन आयोगले रिक्त पदका लागि निर्वाचनको तयारी थालेको छ । आयोगले रिक्त पद पूर्तिका लागि आन्तरिक तयारी थालेको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उप–निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
मतदाता नामावली ऐन,२०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सोही कारण नेपाल सरकारले उप–निर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न आयोगले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित