सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सार्थक ब्यूरो । धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज बुधबार विश्वासको मत लिँदै छन्।यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार छन्। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद छन्।
बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ। त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइ नजिक पुग्छ। तर लामो समयदेखि आन्तरिक किचलोमा अल्झिएको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिनेमा पनि यकिन भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित