सुदूरपश्चिमको कर सङ्कलन सम्बन्धी अध्यादेश प्रदेश सभाबाट स्वीकृत

सार्थक ब्यूरो । सुदूरपश्चिमको कर सङ्कलन सम्बन्धी अध्यादेश प्रदेश सभाबाट स्वीकृत भएको छ । सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश, २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको हो ।प्रदेश सभा मङ्गलवारको बैठकले सो विधेयकलाई सर्वसम्मतले स्वीकृत गरेको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेस गरेका थिए ।चालु आर्थिक वर्षमा प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सुचारु गर्नका लागि संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश जारी गरेका हुन् ।
यसैगरी, ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीको प्रस्तावमा सर्वसम्मतले सो विधेयकलाई समितिमा पठाइएको छ ।
यस्तै, विधायन तथा प्रदेश मामिलाका सभापति दिवान सिंह विष्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु भएको छ अर्को बैठक मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित