सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

अब नेपालमै ‘हाइड्रोजन कार’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र १५, शनिबार ५:२५
in आर्थिक समाचार
0


सार्थक ब्यूरो। दुई वर्षभन्दा बढीको अध्ययन–अनुसन्धानपछि विश्वविद्यालयले गत चैत १८ मा हाइड्रोजन कारको सफल परीक्षण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार औपचारिक रूपमा उद्घाटन गरे । ग्रिन हाइड्रोजन रिफ्युलिङ स्टेसन र हाइड्रोजन गाडीको उद्घाटनपछि यसले औपचारिकता पाएको छ ।
काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तको दोस्रो चरणमा प्रधानमन्त्री ओली विश्वविद्यालय परिसरबाट दीक्षान्त समारोहसम्म ग्रिन हाइड्रोजन कारमा गएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले हाइड्रोजन प्रविधिलाई सकेसम्म चाँडो व्यावसायिक प्रयोजनमा लैजाने बताए । यसका लागि आवश्यक पर्ने नीति तर्जुमा गर्ने उनको भनाइ छ । नेपाल आयल निगम भविष्यमा हाइड्रोजन इन्धनको व्यवसाय गरी निर्यात गर्न सक्ने अवस्थामा पुग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।
सरकारले ऊर्जा मन्त्रालयमार्फत काठमाडौं विश्वविद्यालयका विज्ञ प्रतिनिधिसमेत संलग्न कार्यदल गठन गरी राष्ट्रिय हाइड्रोजन नीति–०८० पारित गरिसकेको छ । यस नीतिलाई व्यावसायिक परियोजनाहरूमा कार्यान्वयन गर्न आवश्यक ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माणका क्रममा रहेको जनाइएको छ ।
जलवायु परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिम न्यूनीकरण गर्ने तथा जीवाष्म इन्धन खपतको कटौती गर्न विश्वविद्यालयले ०७७ साउनदेखि ग्रिन हाइड्रोजन ल्याब स्थापना गरेको थियो । त्यसपछि अनुसन्धान तथा प्रयोग गर्दै आएको काठमाडौं विश्वविद्यालयस्थित ग्रिन हाइड्रोजन ल्याबका प्रमुख तथा सहप्राध्यापक विराजसिंह थापाले बताए । ‘लामो समयको अध्ययनअनुसन्धानबाट हाइड्रोजन युगमा प्रवेश गरेका छौं,’ उनले भने ।
नेपालकै कुरा गर्दा बर्सेनि करिब २ खर्बको पेट्रोलियम पदार्थ आयात हुन्छ । यसले प्रदूषण बढाएको छ । प्रदूषण नियन्त्रणकै लागि विश्वका बिकसित मुलुकले बैकल्पिक उपाय खोजअनुसन्धान गर्दै आएका छन् । जापान, कोरिया, जर्मनीलगायत मुलुकले हाइड्रोजन ‘इन्धन’ प्रविधि प्रयोग गर्न थालेका छन् । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पनि हाइड्रोजन इन्धनबाट चल्ने गाडीमा जोड दिइरहेको छ । आईओसीले जोड दिएपछि नेपालमा पनि दबाब परेको हो । सोहीअनुसार नेपाल आयल निगमले विकल्प खोजी सुरु गरेको जनाएको छ । सोहीअन्तर्गत काठमाडौं विश्वविद्यालयसँग एमओयू गरेको थियो । निगम र केयूबीच ५ वर्षको एमओयू भएको छ । तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको पहलमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार निगम र केयूबीच इन्जिनियरिङ सर्भिस र वैकिल्पक ऊर्जामा सहकार्य गरिनेछ । निगमले आर्थिक सहयोगस्वरूप ५ करोड उपलब्ध गराउने एमओयू भएको थियो । निगमकै आर्थिक सहयोगमा केयूले ३३ हजार अमेरिकी डलर पर्ने हाइड्रोजन कार किनेको हो । विश्वबिद्यालयका अनुसन्धानकर्ता कोरिया पुगेर यसबारे अध्ययन गरेका थिए । विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादित हाइड्रोजन कार परीक्षण गर्दा सफल भएको हो । अहिले भने यसको औपचारिक उद्घाटन मात्र गरिएको हो ।
नेपाल हाइड्रोजन युगमा प्रवेश गरेको र विश्वविद्यालयको अनुसन्धानले हाइड्रोजनको प्रयोगमार्फत उद्योगहरूमा प्रयोग हुने जीवाष्म इन्धनको प्रतिस्थापन हुने सम्भाव्यतालाई प्रमाणित गरेको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले बताए । हाइड्रोजन इन्धनका लागि बिजुली पनि चाहिन्छ । विद्युत् उत्पादन स्वदेशमै पर्याप्त रहेकाले समस्या नहुने जानकार बताउँछन् ।
बर्खायाममा नेपालमा सयौं मेगावाट बिजुली खेर गइरहेको छ । त्यसलाई न्यूनतम मूल्यमा प्रयोग गर्न सके हाइड्रोजन उत्पादन धेरै सस्तो पर्ने जनाइएको छ । पानीलाई रासायनिक प्रक्रियामार्फत टुक्य्राएर हाइड्रोजन र अक्सिजन बनाइन्छ । ९ लिटर पानीलाई रासायनिक प्रक्रियाबाट टुक््रयाउँदा एक किलोग्राम हाइड्रोजन उत्पादन हुन्छ । ‘त्यसरी टुक्य्राउँदा ५० देखि ६० युनिट विद्युत् खर्च हुन्छ,’ उनले भने, ‘यहीअनुसार हाइड्रोजन उत्पादनको लागत विद्युत्को मूल्यमा निर्भर हुन्छ ।’-
कान्तिपुर बाट

Previous Post

उत्कृष्ठ तीन विद्यार्थी निर्माण व्यवसायी संघको साधारण सभामा सम्मानित

Next Post

पलेशालाई राष्ट्रपति पौडेलले दिए बधाई

Next Post

पलेशालाई राष्ट्रपति पौडेलले दिए बधाई

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.