उत्कृष्ठ तीन विद्यार्थी निर्माण व्यवसायी संघको साधारण सभामा सम्मानित

सार्थक ब्यूरो। निर्माण व्यवसायी संघ कञ्चनपुरले कक्षा १२ को परीक्षामा उत्कृष्ठ तीन विद्यार्थीलाई सम्मान गरेको छ ।
संघको २७ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा लिटिल बुद्ध एकेडेमीका विनोदराज जोशी, सार्क एजुकेशन फाउण्डेशनका अशिम गिरी र सूर्योंदय पब्लिक एकेडेमीका सुनिता कुमारी बोहरालाई नगद सहित सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश सेठी र संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले नगद सहित सम्मान पत्र प्रदान गरे । उनीहरुमध्ये जोशी र गिरी छात्र तथा बोहरालाई छात्रातर्फ उत्कृष्ठका रुपमा सम्मान गरिएको छ ।यसैगरी संघले तीन ओटै विद्यालयलाई प्र्रशंसा पत्र प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित