दार्चुलामा ना १ ज ३०७१ नम्बरको जीप दुर्घटना

 

सार्थक ब्यूरो। दल्लेख सडक खण्डमा जीप दुर्घटना हुँदा मानवीय क्षति हुनबाट जोगिएको छ । शनिबार महाकाली नगरपालिका-३ काटैबाट खलंगातर्फ आइरहेको ना १ ज ३०७१ नम्बरको जीप भीरमा अड्किएको हो।
बिहान १० बजेतिर मालबेला पहिरोको छेउ नजिकै ब्रेक फेल भएपछि जीप सडकबाट अघि बढेर भीरमा अड्किएको हो । जीपमा ७ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेका छन् । भीरमा अड्किएको जीप निकाल्ने प्रयास भइरहेको छ ।
अहिले उक्त सडक अवरुद्ध बनेको छ । बिहीबार पनि सोही सडकखण्डको डुङरीमा अर्को जीप पनि पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित