सार्थक ब्यूरो। नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन सुरु भएको छ । औषध व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले अधिवेशन उद्घाटन गरेका छन् ।
अधिवेशनका सुदूरपश्चिम प्रदेशको सबै जिल्लाका औषधि व्यवसायी सहभागी भएका छन् । उद्घाटन सत्रपछि बन्द सत्र भएर नयाँ समिति चयन प्रक्रिया थालिने तयारी गरिएको छ ।
अधिवेशन उद्घाटन गर्दै महानिर्देशक ढकालले औषधि व्यवसायीलाई गुुणस्तरीय र सुलभ रुपमा औषधि उपलब्ध गराएर मर्यादित व्यवसायी बन्न आग्रह गरेका छन् । उनले औषधि कारोबारको परम्परागत शैली फेर्न व्यवसायी सुझाव दिए ।‘हिजो हामी जसरी व्यवसाय गरि रहेका थियौ, त्यो परम्परागत तौर तरीका अबका दिन काम नलाग्न सक्छ, त्यसलाई विभागले एड्रेस गर्दैछ’ उनले भने,‘यस्का सिमटम्सहरु देखि सकेका छन्, फार्मेसी पनि राम्रो बनाउन सकिन्छ, मिलेर खोल्न सकिन्छ, मर्ज गर्न सकिन्छ ।फार्मेसी सञ्चालनको नयाँ मोडालिटी सम्बन्धि छलफल गरी अघि बढ्न विभाग सधैं तयार भएको महानिर्देशक ढकालले बताए ।
व्यवसायीले जिपीपी र जिएसटी आफैंबाट लागू गर्न पर्ने उल्लेख गर्दैै महानिर्देशक ढकालले औषधिमा १६ प्रतिशत कमिसन यसका लागि दिइने गरिएको बताए ।
व्यवसायीले जिपीपी र जिएसटीलाई रकेट साइन्स जस्तो ठानेकाले त्यस्तो नसोच्न ढकालले आग्रह गरे ।
महानिर्देशक ढकालले आफूले अनुचित रुपमा दुई पैसा पनि नलिने र भ्रष्टाचार पनि नगर्ने उल्लेख गर्दै औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन विभाग सधैं सक्रिय रुपमा लागि रहने बताए ।नेपाल औषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रसाद खरेलले औषधि व्यवसायलाई व्यवस्थित बनाउन विभाग र संघबीछ सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
नेपाल औषधि व्यवसायी संघका थोक उपाध्यक्ष टंक अधिकारीले लाइसेन्समा लेखिने एलोप्याथिक शब्दले व्यवसायीलाई अप्ठेरोमा परेको उल्लेख गरे । उनले एलोप्याथोलिकसंगै लाइसेन्समा त्यसका लागि चाहिने अति आवश्यक वस्तुलाई पनि समावेश गरिनु पर्नेमा जोड दिए ।सरकारी निकायले टेण्डर गरी औषधि खरिद गरी बिक्री गर्दा सेवाग्राहीमा व्यवसायपिंति नकारात्मक धारणा बनेकाले त्यसलाई सुधारका लागि विभागले ध्यान दिनु पर्ने उनको भनाई थियो ।
संघका महासचिव श्रीधर खनालले औषधि व्यवस्था विभाग र संघबीच नङ र मासु जस्तै सम्बन्ध भएको उल्लेख गर्दै व्यवसायीका समस्या छलफल गरी समाधान गर्न सकिने बताए ।
कार्यक्रममा संघका केन्द्रीय सचिव कृष्ण रोकाया, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल, नेपाल औषधि व्यवसायी संघका थोक केन्द्रीय सदस्य गया प्रसाद कुश्मी, संघका केन्द्रीय सदस्य पृथ्बी बहादुर बम, संघका गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष दयानिधि पौडेल, संघको लुम्बिनी प्रदेशका थोक उपाध्यक्ष सुदिप खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशी, औषधि व्यवस्था विभाग नेपालगञ्ज कार्यालयका निरीक्षक धन बहादुर बोहरा, महाकाली प्रादेशिक अस्पतालका संस्थापक मेडिकल सुपरिटेन्डेन्टठ डा। गणेशदत्त भट्ट, संघका पूर्व केन्द्रीय सदस्य विष्णु प्रसाद बुर्लाकोटी, संघको तत्कालिन महाकाली अञ्चल अध्यक्ष पदमराज पन्त लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा स्वास्थ्य सहित समाजका विभिन्न क्षेत्रमा योगदान पुगाउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।सम्मानित हुनेमा नेपाल भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्ट सहितका छन् । भट्टको सम्मान पत्र कैलाश भट्टले ग्रहण गरे । भट्ट काठमाडांैंमा भएकाले कार्यक्रममा सहभागी हुन नसकेका हुन् ।
यसैगरी नरेश कुमार श्रेष्ठ, प्रेम नारायण शर्मा, हिक्मत सिह चोपरा, विरेन्द्र प्रसाद तिवारी, नारायणदत्त जोशी, विष्णुराज बुर्लाकोटी, दिपक प्रकाश उपाध्यय, विष्णु कुमार श्रेष्ठ, पदमराज पन्त, प्रमोद शर्मा न्यौपाने, लक्ष्मण सिह विष्ट, शंकर प्रसाद शर्मा, कृष्णदत्त पाण्डेय, डा. गणेशदत्त भट्ट र तुलसी प्रसाद पनेरु छन् । चेत बहादुर बम, प्रतिमा चौधरी र दुर्गादत्त पन्तलाई मरणोपरान्त सम्मान गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले सबैलाई खादा लगाएर सम्मान पत्र प्रदान गरे । औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिका कार्य वाहक अध्यक्ष फोनीराम चौधरीको अध्यक्षतामा उद्घाटन समारोह गरिएको छ । संघका सुदूरपश्चिम प्रदेश सदस्य ललितानन्द जोशीले कार्यक्रममा स्वागत मन्तव्य राखे ।



















Discussion about this post