विदेशी पर्यटक ८.३ प्रतिशतले बढे

सार्थक ब्यूरो। सन् २०२४ को अगस्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।
सन् २०२३ को अगस्टमा कुल ६७ हजार १५३ पर्यटक नेपाल आएकामा सन् २०२४ को अगस्टमा ७२ हजार ७१९ जना नेपाल भित्रिएका छन्। अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन्।
बोर्डका अनुसार सन् २०२२ को अगस्टमा ४१ हजार ३०४, सन् २०२१ को अगस्टमा ६ हजार ९३ र सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ विदेशी पर्यटक नेपाल आएका थिए।- रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित