सुदूरपश्चिममा अपराधको डरलाग्दो चित्रणः ८२ महिलासहित ६२६ जना गायब

वीरेन्द्र भट्ट, धनगढी

२०७० साल मङ्सिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैङ्कको शाखाबाट नेपाल राष्ट्र बैङ्क धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र २ सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गस्थित मालाखेती जङ्गलमा दिउँसै लुटियो। तर अहिलेसम्म दोषी पत्ता लगाउन प्रहरीले सकेको छैन्।
धनगढीमा २०६९ साल मङ्सिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझैसम्म न्याय पाउन सकेका छैनन्। हत्याको बारेमा प्रहरी प्रशासनले प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि नबढाएको पीडित परिवारको गुनासो छ। त्यस्तै लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था अज्ञात छ।
धनगढीस्थित क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दिपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो। तर खड्का परिवारको अवस्था हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन्। निर्मला हत्याकाण्ड त सिंगो प्रहरी संगठनका लागि नै टाउको दुखाईको घटना बनिरहेको छ। तर दोषी पत्ता लगाउन सकिएको छैन्।
यस्ता घटनाले सुदुरपश्चिम प्रदेशमा प्रहरीको कमजोर अनुसन्धान र कार्यसम्पादनलाई प्रतिबिम्बित गर्छ। यीबाहेक वर्षौं पुराना घटना पनि छन्, जो अहिलेसम्म सुल्झन सकेका छैनन्। प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको भन्ने जवाफबाटै पीडितले चित्त बुझाउनु परेको छ।
८२ महिलासहित ६२६ जना फरार
सुदूरपश्चिममा अपराध डरलाग्दो रुपमा बढ्न थालेको छ। २०७८ देखि २०८० सम्म मात्र सुदूरपश्चिममा विभिन्न अपराधका १० हजार ३३४ मुद्दा प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७८र७९ मा तीन हजार २२८, आर्थिक वर्ष २०७९र८० मा तीन हजार पाँच सय ३ र गत आर्थिक वर्ष २०८०र८१ मा तीन हजार ६ सय ३ मुद्दा दर्ता भएको पाइएको हो।

साथै प्रहरीमा दर्ता भएका मुद्दाको समयमा सुनूवाई हुने गरेको छैन्। २०७८ मा तीन सय २२, २०७९ मा एक हजार ६६ र २०८० मा एक हजार २ सय ४ गरेर २ हजार ५९२ मुद्दाको समयमा सुनूवाई नभएको देखिएको छ। तीन आर्थिक वर्षको अवधिमा सुदूरपश्चिममा ७ हजार ६ सय ३९ पुरुष र पाँच सय ७० महिला पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।सुदूरपश्चिममा जबरजस्ती करणी, चोरी, लागुऔषध, हत्या, जबरजस्ती करणी उद्योग लगायत अपराधमा संकलग्न तर फरार भएकाहरुको संख्या उच्च देखिएको छ। अपराधमा संलग्न ८२ महिलासहित ६ सय २६ जना अझै फरार छन्। सुदूरपश्चिममा मुद्दा चलाउने इकाई २०, जिल्ला प्रहरी कार्यालय ९ र इलाका प्रहरी कार्यालय ११ छन्।-दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित