निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

सार्थक ब्यूरो। गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धनान गरिने बताएका छन् ।अनुसन्धान जारी रहन्छ, सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ, राम्रोसंग अनुसन्धान हुन्छ’ प्रेस युनियन कञ्चनपुरले आज बिहीबार विहान गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने ।
गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरण देशको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरे । गृहमन्त्री भएपछि लेखक पहिलो पटक गृह जिल्ला आएका हुन् । उनी आज काठमाडौ फर्किने कार्यक्रम छ ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको ६ वर्ष अघि २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।पन्तको हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा २२ दिनसम्म आन्दोलन चलेको थियो । निर्मला हत्याका विषयमा प्रहरीले अहिलेसम्म एक हजार भन्दा बढीसँग सोधपुछ र झण्डै एक सय जनाको डिएनए परीक्षण गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित