सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

पहिलो ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने एमालेको मार्गचित्र

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र २१, शुक्रबार ६:५७
in Breaking (With Image), नेकपा एमाले
0

सार्थक ब्यूरो। दुईदिन चलेको एमालेको पोलिटब्युरो बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने ‘रोडम्याप’ बनाएको छ। महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गर्दै कार्यान्वयनमा जाने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए।
पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनका लागि आगामी वर्ष २०८२ भित्र १० लाख पार्टी सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ। यस्तै, पार्टीमा भूमिकाविहीनलाई जिम्मेवारी प्रदान गर्ने, अन्तरविरोधको हल गर्ने, मन्त्री र जनप्रतिनिधिलाई परिचालन गर्ने लगायतका कार्यक्रम रोडम्यापमा समेटिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेतारकार्यकर्तालाई भूगोलमा खट्न निर्देशन दिएका छन्। ‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौं, आगामी निर्वाचनपछि हामी निर्णायक राष्ट्रिय शक्ति बन्छौं’ ओलीले बैठकमा भनेका थिए। राजधानीमा बसेर कुरा काट्ने काम बन्द गर्न पनि ओलीले निर्देशन दिएका थिए।
‘सबै आफ्नो कार्य क्षेत्र जानु होला,’ ओलीले भनेका थिए,‘काठमाडौं बसेर नेताको वरिपरि घुमेर हुँदैन। धेरैले मलाई कुरा लगायो भन्नु हुन्छ, त्यस्तो होइन। मसँग सुन्नलाई कान मात्र छैन, खोपडी पनि छ, विवेक छ। भूगोलमा गएर जनताका काम गर्नुहोस्।’ उनले जनतासँग जोडिएर काम गर्न निर्देशन दिए। सामाजिक सञ्जालमा पनि सक्रिय हुन उनको निर्देशन थियो।
यस्तै, एमालेले नेतारकार्यकर्ताको नैतिकता, अनुशासन र चारित्रिक विषयमा कठोर बन्ने निर्णय गरेको छ। अनुशासनहीन र चरित्रहीन कार्यबाट टाढै रहन बैठकले निर्देशन दिएको छ। बैठकको समापनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढे भनेर गुनासो बढेको छ। कि राजनीति गर्नुहोस् कि इन्जोय गर्नुहोस्।’ राजनीति र इन्जोेय दुवै गर्न पाइँदैन। चरित्र, आचरण, अराजक, नैतिकहीन कुरा पार्टीलाई सह्य छैन।’
वामपन्थी मोर्चा पनि नबनाउने स्थायी समिति सदस्य शेरबहादुर तामाङले एमाले चुनावमा एक्लै जाने र कुनै पनि मोर्चा नबनाउने निर्णय भएको जानकारी दिए। ‘एमालेले कुनै मोर्चा बनाउँदैन,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै तामाङले भने, ‘न वाममोर्चा न अन्य मोर्चा, एमाले एक्लै जान्छ।’आगामी निर्वाचनमा एक्लै जानेमा अध्यक्षको जोड थियो। ओलीले अब कांग्रेस पनि एक्लै चुनाव लड्ने ठाउँमा पुगेकाले एमालेका लागि एक्लाएक्लै प्रतिस्पर्धाको मौका आएको बताए। हालैको केन्द्रीय समितिको बैठकमा कांग्रेसले पनि एक्लै चुनाव लड्ने निर्णय गरेको थियो। उनले भने, ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको छ। एमाले हिजो पनि एक्लै गठबन्धनसँग लडेको र आज पनि एक्लै चुनाव लड्छौं। आफ्नो नीति तथा कार्यक्रम लिएर वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन।’
सरकारको काम कारबाही विषयमा प्रधानमन्त्री ओलीले बिफ्रिङ गरे। ओलीले भ्रष्टाचारको नियन्त्रण गर्न एमाले र एमाले नेतृत्वको सरकार लागि परेको बताए। उनले भ्रष्टाचारका विषयमा कुनै कम्प्रोमाइज नगर्ने स्पष्ट पारे।
‘सरकार र एमाले पार्टीले कुनै पनि भ्रष्टाचार सहँदैन। भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’, ओलीको भनाइ उदधृत गर्दै प्रचार विभाग प्रमुख गौतमले भने। अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै कांग्रेससँग सहकार्य गरेको बताएका थिए। ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए। तर, मैले एक राउन्ड किक दिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले असन्तुलित भएर बोल्दै छन्।’
प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने गरेको ओलीको आरोप थियो। समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको ओलीको आरोप थियो। ‘समाजवादी मोर्चाको प्रस्ताव प्रचण्डले गरेका थिए, तर मैले मानिनँ। किनभने त्यसको उद्देश्य सही थिएन’, ओलीले भने, ‘तपाईंहरू कतिपय अझै पनि वाम एकता भन्नु हुन्छ, सुन्दा प्रिय पनि लाग्छ। तर, त्यो मोर्चा धोकाको मोर्चा हो।’उनले सहकारी ठगी गर्नेलाई पनि कडाइका साथ कारबाही गरिने स्पष्ट पारे। दुई दिनसम्म चलेको बैठकका ५१ जना पोलिटब्युरो सदस्यले बोलेका थिए। बैठकले १५ बुँदै समसामयिक प्रस्ताव पारित गरेको छ।

Previous Post

आज हरितालिका तिज मनाइँदैै

Next Post

विदेशमा विद्यार्थी, नेपालमा खडेरी

Next Post

विदेशमा विद्यार्थी, नेपालमा खडेरी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.