शान्ति पुुनस्र्थापना गृहले मनायो मानव बेच बिखनको विरुद्धको १८ औ राष्ट्रिय दिवस

सार्थक ब्यूरो । शान्ति पुुनस्र्थापना गृह सम्पर्क कार्यालय दोधारा चाँदनीले मानव बेचबिखन विरुद्धको १८ औ राष्ट्रिय दिवस मनाएको छ । बिहिवार शान्ति पुुनस्र्थापना गृह सम्पर्क कार्यालय दोधारा चाँदनीले “तिनै तहको सरकारको प्रतिवद्धता , मानव बेचविखन विरुद्ध सबैको एक्यवद्धता” भन्ने मुुल नाराका साथ दोधारा चाँदनीमा मानव बेचबिखन विरुद्धको १८ औ राष्ट्रिय दिवस मनाएको हो ।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ मा रहेको शारदा सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थी हरु संग जनचेतान मुुलक कार्यक्रम गरी मनाएको हो । दोधारा चाँदनी भारतको संग खुुल्ला सिमानाका भएकाले मानव बेचविखनमा आधारित घटनाहरु यसै क्षेत्रमा हुुन सक्ने भएकाले मानव बेचबिखन बिरुद्धका कार्यक्रम आवश्यक रहेको र यस्ता जगन्य अपराधहरु रोक्न सम्पुुर्ण पक्षहरु लाग्नुु पर्ने दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम रावलले बताउनुु भयो ।
मानबेचबिखनको मुुख्य चुुनौतीको रुपमा खुुल्ला सिमानाकाका रहेको छ । यसको बारे मानिसहरुमा जनचेतना ल्याउन सके मानवबेचबिखनको नियन्त्रण गर्न सकिने भएकाले दोधारा चाँदनीमा मानव बेचबिखन विरुद्धको जनचेतना कार्यक्रम गरिएको शान्ति पुुनस्र्थापना गृह सम्पर्क कार्यालय दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुुजाराले जानकारी दिनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित