प्रहरीद्धारा ८ लाख बढीको सामान बरामत

 

सार्थक ब्यूरो । प्रहरीले ८ लाख बढीको सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–१५ गोबरिया, दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज र बेलौरी नगरपालिका–६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख २७ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।
बराबरको चिनी, बिभिन्न प्रकारका औषधि, पेय पदार्थ, बिडी, सुर्ती, प्लाष्टिक कुर्ची, प्लाष्टिक बाटा, सुटपिस, स्कुटर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित