सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सरुवा हुन नमान्ने कर्मचारी माथि मन्त्रालयले कारवाही किन नगर्ने ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र २४, सोमबार ८:२०
in Breaking (With Image)
0

 

 

सार्थक ब्यूरो । कर्मचारीले खटाइएको ठाउँमा गएर काम गर्दैनन् भने कारवाही किन नगर्ने भन्ने आवाज जनस्तरबाट उठेपछि मन्त्रालय ले त्यस्ता कर्मचारीहरुको खोजि शुरु गरेको छ। सरुवा भएपछि पनि कर्मचारीहरु तोकिएको ठाउँमा नजाने समस्या बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै रमाना नलिएका कर्मचारीको खोजी थालेको छ ।मन्त्रालयका सचिव भरतमणि सुवेदीले मातहतका अधिकारीहरुलाई रमाना नलिएका सबै कर्मचारीको विवरण तयार गरेर छिटो रमाना लिने वातावरण बनाउन निर्देशन दिएका छन् ।
अहिले सरुवापछि उपसचिव र सहसचिवहरु समेत समयमै रमाना नलिई पुरानै कार्यालयमै काम गरिरहने समस्या छ ।मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार अहिले पनि धेरै कर्मचारीले सरुवा गरिएको ठाउँबाट रमाना लिएका छैनन् । यसका कारण कतिपय कार्यालयमा हाजिर हुन गएका कर्मचारीसँग द्वन्द्वको अवस्था समेत छ ।
रमाना नलिएका कर्मचारीलाई सम्बन्धित मन्त्रालय र कार्यालयले तुरुन्त रमाना दिनुपर्छ’, उनले भने, ‘संघीय मामिला मन्त्रालयको हकमा सरुवा भएका सबैलाई तुरुन्तै रमाना दिन्छौं, अन्य मन्त्रालयको हकमा पनि विवरण लिएर उनीहरुलाई रमाना दिनू भनेर परिपत्र गर्दैछौं ।तोकिएको मितिभन्दा बढी समयसम्म कर्मचारीले रमाना नलिई बस्न नपाउने भन्दै पराजुलीले यसमा कडाइ गरिने बताए । कानुनतः बरबुझारथका लागि २१ दिनको समय हुन्छ । त्यसैकारण सामान्यतयाः २१ दिनभित्रै रमाना लिइसक्नुपर्छ । यदि बरबुझारथ गर्न समय लाग्ने आयोजना वा परियोजना भएर त्यसका लागि म्याद थपेर बस्न मिल्छ ।रमाना नलिंदा खटाएको ठाउँमा पद रिक्त हुन्छ, सेवा प्रवाह बिथोलिन्छ’, उनले भने, ‘रमाना नलिई बसेको ठाउँमा अतिरिक्त दरबन्दीका कारण तलब खुवाउन समस्या हुन्छ, रमाना नलिंदा अर्को कर्मचारी पुगेपछि बस्ने टेबल कुर्सीदेखि चढ्ने सवारीसम्मका व्यवस्थापनको सवालमा अप्ठ्यारो हुन्छ ।’
कर्मचारीलाई खटाएको ठाउँमा जान र तोकिएको समयभित्र हाजिर हुन आनाकानी गर्ने कर्मचारीको संख्या निजामती प्रशासनभित्र बढ्दो छ ।पायक नपर्ने स्थानमा जानै नखोज्ने र अनुकुलको ठाउँमा मात्रै बस्न खोज्ने प्रवृत्तिले रमाना नलिने विकृति बढेको प्रवक्ता पराजुलीले बताए ।
सामान्यतयाः रमाना बुझेको ७ दिन बाटोको म्याद हुन्छ । तर, कुन भौगोलिक क्षेत्रबाट कुन ठाउँमा सरुवा भएको हो भन्ने आधारमा यो तय हुन्छ । तर, सकेसम्म रमाना नै नलिने र लिएपनि बाटोको म्याद लामो समय राखेर बस्ने गर्दा विभिन्न निकायमा कर्मचारी व्यवस्थापन भद्रगोल बनेको छ ।
यसमा मुख्यसचिवज्यूको पनि ध्यानाकर्षण भएको छ, त्यसैअनुसार सचिवज्यूबाट भएको निर्देशनअनुसार कहाँ कति त्यस्ता रमाना नलिएका कर्मचारी छन्, उनीहरुलाई छिटो रमाना दिन परिपत्र हुन्छ’, पराजुलीले भने ।

Previous Post

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

Next Post

हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बितिसक्दा समेत छाक टार्नै मुस्किल

Next Post

हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बितिसक्दा समेत छाक टार्नै मुस्किल

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.