संसदमा प्रधानमन्त्री ओलीको अठोट : अमेरिका भ्रमणको क्रममा देशको शिर ढल्नेगरी कुनै काम गर्दिनँ

 

सार्थक ब्युरो ।        प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनैपनि काम नगर्ने प्रष्ट पार्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ३ गते अमेरिका उडन लाग्नुभएका प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्नेगरी कुनै काम नगर्ने बताउनु भयो

‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी पनि दिनुभएको छ । महासभामा भाग लिन प्रधानमन्त्री ओली यही असोज ४ गते अमेरिका जाँदै हुनुहुन्छ । अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बिभिन्न देशका समकक्षीसहित बिशिष्ट ब्यक्तिहरुसँग साइडलाइन बार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित