सार्थक ब्युरो । भीमदत्त नगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजना गरेको निबन्ध प्रतियोगितामा डायमण्ड पब्लिक एकेडेमीका छात्रा सेरन बिष्टले प्रथम स्थान हासिल गरेकी छन् ।
उनले प्रतियोगितामा प्रथम स्थान हासिल गरी नगद ५ हजार पुरस्कार सहित प्रमाण पत्र पाएकी छन् । भीमदत्त नगरपालिका मेयर पदम बोगटीलाई विष्टलाई पुरस्कार प्रदान गरे । यसैबीच भीमदत्तले संविधान दिवसको अवसरमा वारी बिहीबार बिहान महेन्द्रनगर बजारमा प्रभातफेरि, सरसफाई, वृक्षरोपण लगायतका कार्यक्रम गरी मनाएको छ ।जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहोरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, जिल्ला समन्वय समितिका उपप्रमुख, भीमदत्त नगरपालिकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, खेलाडी, विद्यार्थी लगायतका सहभागी भएका छन् ।
















Discussion about this post