९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण 

 

सार्थक ब्युरो । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् ।

ललितपुर ५४ जना, काठमाडौँका १२ जना, कैलालीका ८ जना, प्युठानका २ जनालाई हैजा सङ्क्रमण देखिएको छ । यस्तै, मकवानपुरका १ जनामा, रोल्पाका ४ जनामा र सिन्धुपाल्चोकका १ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।यस्तै अछामका १ जनामा, रौतहटका १२ जनालाई हैजा पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित