जिल्ला प्रहरी कार्यालय रौतहट उत्कृष्ट

जिल्ला प्रहरी कार्यालय रौतहट उत्कृष्ट

सार्थक ब्यूरो। जिल्ला प्रहरी कार्यालय रौतहट कार्य सम्पादनमा उत्कृष्ट ठहरिएको छ । भौतिक पूर्वाधारलगायत विभिन्न पक्षको विश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गर्नुको साथै प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको छ ।
बुधबार मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा र भौतिक पूर्वाधारसँगै विविध पक्षलाई मुल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गरेका थिए।
त्यसैगरी एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरी फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दङ्गालाई रोक्ने काममा खेलेको भूमिका, महावीर झन्डा मेलामा विवादरहित सम्पन्न गर्न उल्लेखनीय भूमिका खेलेको र तस्करी नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम गरेकोले पुरस्कृत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित