सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ आश्विन १०, बिहीबार ८:४५
in Breaking (With Image), अन्तर्राष्ट्रिय
0

ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक

भर्जिनिया । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरण सुल्झिएको छैन । ममता बेपत्ता भएको झन्डै २ महिना हुन लागेको छ ।हालै मात्र ममताको श्रीमान् नरेश भट्टले ममताको शवका टुक्राहरू आपसापका कयौँ स्थानमा फालेको सरकारी वकिलहरूले बताएका थिए । यसैबिच अधिकारीहरू ममताको सोधी खोजी गर्दै मनसास पार्कस्थित उनको घरमा गएको समयमा नरेशसँग भएको अन्तरक्रियाको भिडियो सार्वजनिक भएको छ ।
नरेशमाथि ममताको शव लुकाएको अभियोग लगाइएको छ । तर अहिलेसम्म प्रहरी र अभियोजनकर्ताहरूले ममताको शव फेला पार्न सकेका छैनन् । नरेशका वकिलले आगामी शुक्रवार अदालतमा हुने पेसीमा आफ्नो क्लाइन्टको नाममा जारी पक्राउ पुर्जी र उनलाई पक्राउ गर्ने क्रममा देखाइएको प्रमाणहरू खारेज गर्नुपर्ने तर्क पेस गर्नेवाला छन् । नरेशको नाममा पक्राउ पुर्जी जारी गराउन म्याजिष्ट्रेटलाई मनाउन गलत सूचना प्रयोग गरेको भनेर प्रतिवादीका वरिष्ठ सहायक वकिल शालेभ बेन–अभराहमले भनेका छ
उनले अगस्ट २ मा मनसास पार्कका प्रहरी अधिकारीहरू भट्ट दम्पतीको घरमा आउँदाको क्यामरा भिडियो रेकर्डलाई पनि उद्धृत गरेका छन् । ममता काम गर्ने यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरले उनी काममा नआएको भन्दै चिन्ता गरेपछि अधिकारीहरू उनको घरमा पुगेका थिए ।
नरेशले श्रीमती हराएको भनेर उजुरी दिन नमानेपछि उनलाई समातिएको प्रतिवादी वकिलले अघिल्ला दुई सुनवाइमा तर्क दिएका थिए । १४ मिनेटको सो भिडियोमा अधिकारीहरूले ‘हामी ममता काफ्लेलाई खोजिरहेका छौँ’ भन्छन् ।
यसक्रममा नरेश आफ्ना नाबालिग छोरीलाई बोकिरहेका देखिन्छन् । ‘हो, मङ्गलवार, होइन बुधवार उनी गइन् । आफू न्यूयोर्क वा टेक्सस जान्छु भनेर भनेकी थिइन् । उनीसँग एउटा फोन पनि थियो । तर फोन फुटाइन् अनि गइन्’ नरेशले भनेको सुनिन्छ ।
त्यसपछि अधिकारीहरूले नरेशलाई उनी किन गइन् भनेर सोध्छन् । यसको जवाफमा नरेशले आफूहरू अलग्गिन थालेको अनि आफूले घर बेच्न खोजेकोले निरीक्षकहरू आउन लागेको बताउँछन् । ‘उनी यसरी हराएको यो पहिलो पटक होइन । उनी फर्केर आउँछिन्’ नरेश भन्छन् ।
निरीक्षणका क्रममा अधिकारीहरूले कयौँ पटक श्रीमती आएपछि आफूहरूलाई सम्पर्क गर्न भन्छन् । नरेशलाई समात्ने पक्राउ पुर्जी जारी गराइपाउन पेस गरिएको अन्य प्रमाणमा अगस्ट ५ को फलो–अप टेक्स्ट म्यासेज थियो । यसमा उनले अधिकारीहरूलाई श्रीमती फर्किएर नआएको र उनीसँग सम्पर्क नभएको बताउँछन् ।
त्यसपछि अधिकारीले ‘ठिक छ सर, अपडेटका लागि धन्यवाद, तपाईंले उनलाई खोज्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गरिसक्नुभएको छ र उनी हराएकी हुन् भन्ने लाग्छ भने ९११ मा फोन गर्नुहोस्’ भन्ने जवाफ म्यासेजमा आउँछ ।
ममताले जुलाई २९ मा आफ्नी आमासँग भिडियोमा कुराकानी गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहान नरेशले छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा पुर्‍याइदिन्छन् । केही बेरपछि उनी प्लास्टिक र फोहोर राख्ने कयौँ झोलाका साथमा बेबीसिटरको अपार्टमेन्ट भवन बाहिर क्यामरामा देखिन्छन् । सोही साँझ उनले फोहोर राख्ने कालो ठुलो झोलाको प्याक किनेको बताइएको छ ।
जुलाई ३१ को बिहान १ः३० मा फल्स चर्चमा आफ्नो टेस्ला कारबाट नरेशले फोहोरको झोला झिकेर फोहोर फ्याँक्ने ठाउँमा फ्याकेको भिडियोले देखाएको छ । टेस्लाको रेकर्डले सो समय उनी त्यहाँ भएको देखाए पनि उनको फोन भने इन्याक्टिभ थियो । सायद उनले साथमा फोन लगेका थिएनन् कि ।
नरेशको घरमा बिहान प्रायः तीन देखि चार ग्यालन मात्रै पानी खपत हुने गरेको थियो । तर त्यही दिन बिहान नरेशको घरमा १५० ग्यालन भन्दा धेरै पानी खर्च भएको देखिएको सरकारी वकिलहरूको भनाइ छ । मंगलबारको पूर्वपक्षीय सुनुवाइमा अदालतमा न्यायाधीशको साथमा नरेश भट्ट र उनका वकिल मात्रै थिए ।
सुनवाइपछि नरेशका वकिलले भित्र के भयो अनि गोप्य सुनुवाइका लागि कसले अनुरोध गरेको हो भन्नेबारे केही पनि बताएनन् । सरकारी वकिल, प्रतिवादीका वकिल र नरेश शुक्रवार बिहान पुनः अदालतमा उपस्थित हुँदैछन् । यसमा नरेशका वकिलले उनीविरुद्ध जारी भएको पक्राउ पुर्जी रद्द गर्नुपर्ने तर्कहरू पेस गर्नेछन् ।

Previous Post

पुनर्वासमा प्रहरी ईन्स्पेक्टर शाहीमाथि आक्रमण, चार प्रहरी घाइते, भ्यान तोडफोड

Next Post

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता सुरु

Next Post

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता सुरु

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.