सुदूरपश्चिममा दुई दिन रात्रीकालिन बस चलाउन रोक

 

सार्थक ब्यूरो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटी र अछाममा दुई दिन रात्रीकालिन बस सञ्चालन गर्न रोक लगाएको छ । ती जिल्लामा रेड अलर्ट जारी गर्दै रात्रि बस चलाउन रोक लगाइएको हो ।शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढी पहिरोको आँकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ ।
पाधिकरणले कैलाली र कञ्चनपुरमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन । डोटी र अछाममा रात्रिबस चलाउन रोक लगाइएको छ ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित