कैलालीमा अब किराना सामानको अनिवार्य मुल्य सूची राख्नुपर्ने

 


सार्थक ब्यूरो । कैलालीमा अब किराना सामानको अनिवार्य रुपमा मुल्य सुची राख्नुपर्ने भएको छ।जुनसुकै किराना पसलले पनि अनिवार्य रुपमा मुल्य सुची राखेर मात्र कारोबार गर्न कैलाली उद्योग वाणिज्य संघले निर्णय नै गरेको छ। चाडपर्वको समयमा कुनै पनि सेवाग्राही मुल्यका कारण अलमलमा पर्ने काम नहोस भनेर अनिवार्य मुल्य सुची राख्न भन्दै संघले यसका लागि सूचना नै जारी गरेको छ।
यसका साथै कुनै पनि वस्तुको कृतम अभाव सिर्जना हुने गरी कुनै पनि प्रचार नगर्न समेत उद्योग वाणिज्य संघ कैलालीले सचेत गराएको छ। व्यवसाय गर्दा सरकारी निकायमा दर्ता प्रमाणपत्र अनिवार्य रुपमा देखाएर राख्न पनि सबैमा आग्रह गरिएको छ।
दर्ता नभएका व्यवसायीलाई फुुटपाथमा व्यवसाय गर्न नमिल्ने, चाडपर्वको समयमा कुनै पनि सांस्कृति कार्यक्रम गर्दा ट्राफिकलाई व्यवस्थापन हुने गरी गर्ने र आफ्नो व्यवसायको फोहर आफैले व्यवस्थापन गर्नुपर्ने समेत कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले जारी गरेको सूचनामा उल्लेख छ।
उल्लेखित नियमहरुको कहिकतैबाट उलंघन भए त्यसको जवाफ संलग्न व्यवसायीले नै दिनुपर्ने समेत सूचनामा भनिएको छ। विभिन्न सरकारी निकायसँग गरिएको छलफलपछि चाडपर्वलाई लक्षित गरेर यस्तो सूचना उद्योग वाणिज्य संघ कैलालीले जारी गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित