
सार्थक ब्यूरो । भीमदत्त नगरपालिकाले हेल्थ डेक्स(यात्रु स्वास्थ्य सहायता कक्ष) सञ्चालनमा ल्याएको छ । दशैँ, दिपावली र छठ पर्वको अवसरमा बस पार्कमा यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स सञ्ञ्चालन गरिएको छ ।
भीमदत्तका मेयर पदम बोगटीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै हेल्थ डेक्सबाट सेवा उद्घाटन गरे । मेयर बोगटीले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्र्दै हेल्थ डेक्स संञ्चालन गरिएको बताए ।यात्रा गर्दा बाटोमा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ, यात्रुको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थ डेक्स संञ्चालन गरिएको हो, यहाँ प्राथमिक उपचार, ब्लड प्रेसर चेकजाँच, ज्वरो चेकजाँच र आवश्यक औषधी निशुल्क उपलब्ध गराइनेछ’ उनले भने ।
यस्तै उनले बस पार्कको विकास तथा संरक्षणका लागि समेत आफु प्रतिवद्ध रहेको बताए । नगर उपप्रमुख निलम लेखक जोशीले बस पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले बजेट कार्यक्रमको व्यवस्था गरेको बताइन् । कार्यक्रममा महाकाली यातायात प्रा।ली।का अध्यक्ष डम्मर पन्तले यात्रुहरुको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे ।
भीमदत्त नगरपालिका–०४ का अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षता मा आयोजित कार्यक्रममा नगर प्रवक्ता पदम राज अवस्थी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, विभिन्न बस व्यवसायी/यातायात प्रालीका अध्यक्ष, सवारी चालक लगाएतको उपस्थित रहेको थियो ।


















Discussion about this post