६ लाख बढीका अवैंध सामान बरामद

सार्थक ब्यूरो । कञ्चनपुरबाट ६ लाख बढीका अवैंध सामान बरामद गरीएको छ।इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले २ लाख ७२ हजार ४९०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले १ लाख ८९ हजार र इलाका प्रहरी कार्यालय गड्डाचौकीले १ लाख ४६ हजार ६५० गरि जम्मा ६ लाख ८ हजार १४० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको चप्पल, सुट, साडी, बिडी, सुर्ती, डोरी,प्लाष्टिक एक थान मोटरसाइकल, जुत्ता, घासको बिउ, कपडा, हाडबेयरको सामान र किरानाको सामान, नियन्त्रण्मा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित