क्षमता भन्दा दोब्बर कैदि बन्दी कारागारमा

सार्थक ब्यूरो ।६१४ कैदी बन्दी राख्न सक्ने क्षमता भएको जेलमा १६८२ कैदी राख्दा अवस्था भयावह बनिसक्दा पनि सरोकारवाला सवै निकायको नागरिक प्रतीको उत्तरदायित्व झल्किएको छ।१५२ महिला र १३७८ पुरुष गरि जम्मा
१५३० कैदीहरु कारागारमा रहेका छन।सबैभन्दा बढी कैलालीमा ६ सय ३९ जना जेल परेका छन्।एक सय ५० जना क्षमताको जिल्ला कारागार कैलालीमा पाँच सय ८५ परुष र एक सय २५ महिला जेलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। ९५ जना क्षमताको जिल्ला कारागार कञ्चनपुरमा २ सय २८ पुरुष र १० महिला गरी २ सय ३८ जना जेल परेका छन्।एक सय ५६ जना क्षमताको जिल्ला कारागार डडेल्धुरामा एक सय ३३ पूरुष र १० महिला गरी एक सय ४३ जना जेल परेका छन्। २८ जना क्षमताको जिल्ला कारागार डोटीमा ७८ पुरुष र २ महिला गरी ७० र ७५ जना क्षमताको जिल्ला कारागार अछाममा ८० जना पुरुष र पाँच जना महिला गरी ८५ जना जेल परेका छन्।
यस्तै २५ जना क्षमताको जिल्ला कारागार बझाङमा ७० जना पुरुष, २५ जना क्षमताको जिल्ला कारागार बाजुरामा ६६ जना पुरुष, २५ जना क्षमताको जिल्ला कारागार बैतडीमा ७९ जना पुरुष र ४० जना क्षमताको जिल्ला कारागार दार्चुलामा ७९ जना जेल परेका छन्। ५६ जना कैदी र २३ जना थुनुवा छन्। ती सबै पुरुष हुन्।
विभिन्न अपराध गरेर सम्वन्धित जिल्ला अदालतबाट दोषी ठहर भएकाहरु जेल जिवन विताइरहेका छन्। प्रदेशभित्रका नौवटै जिल्ला कारागारको कुल क्षमता ६ सय १४ रहेकोमा क्षमताभन्दा दोब्बर बढी अर्थात १५ सय ३० जना जेलभित्र हुँलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित