तीन वर्षको अवधिमा अबैध काठसहित ७० जना पक्राउ

सार्थक ब्यूरो । सुदूरपश्चिममा तीन वर्षको अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट गरेर २ हजार ९ सय ३५ क्युफिट काठ बरामद गरिएको छ।काठ बरामदसँगै २९ वटा सवारीसाधन समेत बरामद गरिएको छ। अबैध काठ कटानी र ओसारपसारमा संलग्न ७० जना समेत पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। अबैध काठ बरामदबाट आर्थिक वर्ष २०७७/७८ मा ९ लाख ७२ हजार ८१०, आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ९४ हजार ७९० र आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ७३ हजार २६० गरेर कुल १५ लाख ८५ हजार ५४९ रुपैयाँ राजस्व समेत असुल भएको छ।
२०७७ मा १४ सय २२ दशमलव २२ क्युफिट काठ बरामद गरिनुका साथै ५ सवारीसाधन र २२ जना पक्राउ परेका थिए। यस्तै २०७८ मा ३५० दशमलव ६९ क्युफिट अबैध काठ बरामदसँगै ८ वटा सवारीसाधन र २१ जना पक्राउ परेका थिए भने २०७९ मा ११ सय ६२ क्युफिट काठ बरामदसँगै १६ सवारीसाधन र २६ जना पक्राउ परेका थिए।
सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट अबैध काठ बरामद हुने गरेको छ। यहाँका सामुदायिक, राष्ट्रिय एवं संरक्षित वन क्षेत्रबाट अबैध रुपमा काठ कटानी हुनेक्रम वर्षेनि बढ्दै गएपनि प्रभावकारी रुपमा चोरीतस्करी रोक्ने काम हुन सकेको छैन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित