अख्तियार कञ्चनपुरमा परे २ दिनमै १२ उजुरी

सार्थक ब्यूरो । सुदूरपश्चिममा २ दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको छ।
प्रदेशभित्र आर्थिक अनियमितता बढ्न थालेपछि उजुरीकर्ताको संख्यामा समेत वृद्धि हुँदै गएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनुसार यही कार्तिक १ र २ गते २ दिनको अवधिमा मात्र १२ वटा उजुरी दर्ता गरिएको छ। इमलेबाट ५, हुलाक सेवाबाट तीन र लिखित रुपमा गरेर १२ उजुरी अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता गरिएको हो।
संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्दै आएका योजनासँग सम्वन्धित रहेर अख्तियारमा उजुरी दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा सबैभन्दा बढी साउन महिनामा आर्थिक अनियमितता सम्वन्धि उजुरी दर्ता गरिएको छ। साउन महिनामा मात्र एक सय १४ उजुरी कार्यालयमा दर्ता भएको पाइएको छ।
साउनपछि सबैभन्दा बढी भदौ महिनामा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टले बताए। उनका अनुसार असोज महिनामा थप ५१ वटा उजुरी दर्ता भएका छन्। साउन, भदौ, असोज र कार्तिक २ गतेसम्म मात्र कार्यालयमा २ सय ६० उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताए। सबैभन्दा बढी स्थानीय तहसँग सम्वन्धित उजुरी अख्तियारमा दर्ता हुने गरेको छ। कार्यालयका अनुसार दर्ता भएका उजुरीमाथि मुद्दाको प्रकृति हेरेर कार्यान्वयन गर्ने काम समेत सँगसँगै हुने गरेको अख्तियारको दाबी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित