सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिन 

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ कार्तिक ६, मंगलवार १०:११
in Breaking (With Image)
0

सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ । संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते भएको सातबुँदे सहमति अनुसार गठन भएको ओली सरकारले आज सय दिन पूरा गरेको हो ।
यस अवधीमा सरकारले नागरिकमा कायम रहेको निराशा चिर्दै आशा जगाउने कामलाई प्राथमिकता दिएको छ । सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र बृहत्तर हितका पक्षमा क्रमिक सुधारका प्रयास गरिरहेको छ ।
राजनीतिक र अर्थतन्त्रमा विभिन्न दबाबबीच सरकारले समग्र रूपान्तरण गर्ने गरी काम थालेको हो । प्रधानमन्त्री ओलीले सेवा प्रवाह र राज्यका सबै निकायका कामकारबाहीमा रूपान्तरण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । यससँगै नागरिकको हितलाई केन्द्रमा राखेर देखिने गरी केही काम भएका छन । ओली सरकार बनेपछि नै शान्ति प्रक्रिया निश्कर्षमा पुग्न लागेको छ । प्रधानमन्त्री ओलीकै पहलकदमीमा संसदबाट सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएको व्यक्तिको छानबिनसम्बन्धी आयोगको विधेयकसम्बन्धी विषयमा राजनीतिक सहमति जुटेर पारित भएको छ भने आयोगको बिषयमा पनि निर्णय भइसकेको छ ।
विसं २०६३ मङ्सिर ५ देखि सुरु सरकार–माओवादी शान्ति सम्झौताको अन्तिम किस्ताका रूपमा रहेको सङ्व्रmमणलीन न्यायले टुङ्गो पाउने आधार तय भएको छ । सङ्व्रmमणकालीन न्यायसम्बन्धी कानुन पीडितकेन्द्रित, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको आदेश अनुकूल हुने गरी संसद्बाट पारित हुनु ओली नेतृत्वको सरकारको एक महत्वपूर्ण उपलब्धि हो । कानुन कार्यान्वयनमा आएसँगै दुई आयोगमा पदाधिकारी छनोटको प्रक्रिया सुरु भएको छ ।
अर्थतन्त्रमा सुधारको थालनी
ओली सरकारले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारकै दिशामा ध्यान केन्द्रित गरेको छ । मौद्रिक नीतिमार्फत सहजीकरण र लगानीमैत्री वातावरण सिर्जनामा सरकारले ध्यान दिएपछि निजी क्षेत्रसँग परामर्श र आत्मविश्वास वृद्धि भएको छ । अघिल्लो सरकारका पालामा मुलुकले साधारण खर्च धान्न पनि ऋण गर्नुपर्ने अवस्था थियो । यसबीबचमा पुँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६४।७२ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङ्कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ । पुँजी बजार चलायमान भएको छ । एकै दिनमा २९ अर्ब ९५ करोड रकम कारोबार भएको छ ।
अर्थतन्त्रको अवस्था कमजोर भए पनि दुग्ध किसान, निर्माण व्यवसायी र उखु किसानको बाँकी भुक्तानी दिन सुरु गरेर सरकारले निजी क्षेत्र र किसानप्रतिको दायित्व वहन गरेको छ । मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि पाँच सदस्यीय उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको छ । राजस्व चुहावटमा अर्थ मन्त्रालय, गृह मन्त्रालयसहित सम्बन्धित निकायको समन्वयमा द्रुत गस्ती परिचालित भएका छन् । बैङ्कको ब्याजदर घटेर औसत ६।१५१ प्रतिशत कायम भएको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा १।४ प्रतिशतले वृद्धि भएको छ । विश्व बैैंक, एसियाली विकास बैङ्क र आइएमएफले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको प्रतिक्रिया दिएका छन ।
अर्थतन्त्रमा रूपान्तरण नै हुने गरी काम गर्ने प्रयासमा सरकार रहेको छ । यसबीचमा सरकारले निजी क्षेत्रको मनोबल उकास्दै लगानीमैत्री बातावरण बनाउने र आर्थिक क्षेत्रमा देखिएको समस्याको समाधानका लागि बिशेष पहलकदमी लिएको छ । सरकारले आर्थिक क्षेत्र सुधारका लागि तीन महिने कार्ययोजना नै बनाएर क्यालेण्डरसमेत सार्वजनिक गरेको छ भने आर्थिक क्षेत्र सुधारका लागि आयोग गठन गरेको छ । बिदेशी लगानीकर्ता र स्वदेशी उद्योगीको बिश्वास जित्ने गरी सरकारले काम गरिरहेको छ । सरकारको सय दिनेको कामबारेको जिज्ञासामा अमेरिका उडनुअघि सोमवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल भन्नुभयो, ‘सरकार परिणाम दिन लालायित छ । त्यसैअनुसारको योजना बनाएर काम गरिरहेको छ । हाम्रो अर्थतन्त्र दबाबमा छ । क्रमिक सुधारको प्रयास भइरहेको छ ।’
विपतपछिको खोज, उद्धार र राहतमा पनि सरकारले सह्रानीय काम नै गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा रहेकै बेला मुलुकमा बिपतका घटना घएपछि प्रधानमन्त्री केपी शर्मा ओली बिदेशबाटै सक्रिय हुनुभयो । प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकामा रहेका बेला नेपालमा भीषण वर्षाका कारण बाढीपहिरो र डुबानको विपत् आइलाग्यो । प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतसँग नियमित सम्पर्क गरी घटनाको जानकारी लिई खोज, उद्धार र राहतमा क्रियाशील हुन सार्वजनिक रूपमा पनि अपिल गर्नुभयो । प्रधानमन्त्रीको परामर्शमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले पनि अमेरिकाबाटै आवश्यक समन्वय गरिरहनुभएको घटना सवैको सामू छर्लंगै छ ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक भई विपत्पछिको व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम जम्माको आरम्भलगायत महत्वपूर्ण निर्णय भए । भोलिपल्ट सिंहदरबारमा प्रधानमन्त्रीले मनसुनजन्य घटनाका कारण भएको त्यसबेलासम्मको मानवीय र भौतिक क्षतिको विवरण तथा सरकार र अन्य पक्षबाट भएका खोज, उद्धार र सहयोगका लागि भएका कामको विस्तृत जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्नुभयो । यसप्रकारको पत्रकार सम्मेलन त्यसपछिका दिनमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले बेग्लाबेग्लै रूपमा गरेर सार्वजनिक जानकारी दिए ।

राजनीतिक दल तथा वित्तीय संस्थाबाट उद्धार कोषमा रकम जम्माको क्रम आरम्भ भयो । विभिन्न २० जिल्लाका ७१ पालिका विपत् प्रभावित घोषित भए । राजनीतिक दल र भ्रातृ सङ्गठन, निजी क्षेत्र, गैरआवासीय नेपाली सङ्घलगायत परिचालित भए । यही कात्तिक २ गते विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक र मन्त्रीपरिषद्को बैठकबाट राहत, पुनस्र्थापना र पुनः व्यवस्थापनबारे समयतालिकासहित विभिन्न निर्णय भएका छन् । सुरक्षित एकीकृत बस्तीको योजना तर्जुमा गर्ने नीतिगत विषयमा परिषद्मा उपप्रधानमन्त्री, मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, चार वटै सुरक्षा निकायका प्रमुखसहितको यसप्रकारको विस्तृत बैठक विपत् प्राधिकरण स्थापनापछिको पहिलो भएको पाइएको छ ।
युवा र खेलमा विशेष प्राथमिकता
प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा पहिलो निर्णयका रूपमा कीर्तिपुर रङ्गशालालाई तीन सय कार्यदिनभित्र अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा भएको छ । यस निर्णयबाट खेलप्रेमी र युवा उत्साही भएका छन् । प्रक्रियागत काम र अन्तरनिकायबिच समन्वय मिलाउँदै यो काम अगाडि बढेको छ । खेलले मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धीका रूपमा चिनाउँछ । प्रधानमन्त्री ओलीले यसबिचमा खेलाडी र युवाका कार्यक्रमलाई विशेष महत्व दिनुभएको छ ।
औपचारिक र अनौपचारिक रूपमा खेलाडी, कलाकार र युवासँग भेटेर उहाँले खेल तथा युवा विकासका लागि गर्न सकिने कामबारे सुझाव पनि लिनुएको छ । पाराओलम्पिकलगायत अन्तर्राष्ट्रिय खेलमा विजयी खेलाडीलाई प्रतियोगिता अघि र पछि पनि उत्साही तुल्याउनुका साथै विजयी भएर फर्किएलगत्तै नेपाल सरकारबाट दिइने पुरस्कार करकट्टा नगरी वितरण गराउनुभयो । यसले खेल क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
संयुक्त राष्ट्रसङ्घमा सशक्त प्रस्तुति
विश्वका १९३ देश सदस्य रहेको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली २०८१ असोज ४ गते ९२० अक्टोबार० देखि असोज १४ गते ९३० अक्टोबर० सम्म अमेरिकाको भ्रमणमा रहनुभयो । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न महत्वपूर्ण साइडलाइन भेटघाट, द्विपक्षीय वार्ता, कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा सम्बोधन र छलफललगायतका ओझपूर्ण कार्यक्रम भए । संयुक्त राष्ट्रसङ्घमा अल्पविकसित मुलुकका तर्फबाट आवाज प्रस्तुत भयो । जलवायु न्याय र क्षतिपूर्तिका विषयमा विश्वका नेताको ध्यानाकर्षण हुने गरी यसअघि यसप्रकारको सम्बोधन भएका थिएनन् ।
प्रधानमन्त्रीबाट भ्रमणमा जानुअघि सङ्घीय संसद्मा गर्नुभएको सङ्कल्पबमोजिम महासभाको भ्रमणको अवधिमा नेपाल राष्ट्रको स्वाभिमानमा कुनै आँच नआउने गरी राष्ट्रिय स्वाभिमान र मुलुकको सार्वभौमिकतालाई अक्षुण्ण राख्ने कामको अगुवाइ गर्नुभयो । महासभा र विभिन्न मञ्चमा प्रधानमन्त्रीबाट अल्पविकसित मुलुकका आवाजका साथै नेपालको कार्बन उत्सर्जनमा कुनै योगदान नभए पनि त्यसको प्रतिकूल असर भोग्नु परेको र हिमाल पग्लिएर नदीको तापक्रम वृद्धि हुन थालेको परिस्थितिलाई विश्वसामु प्रखर रूपमा अभिव्यक्त गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलन, विस्तृत शान्ति सम्झौता र समृद्धिका प्रयासबारे सुस्पष्ट पार्नुभएको छ । यसरी नेपाल अन्तर्राष्ट्रिय मञ्चमा नेपाल देखिने र सुनिने हुन सफल भएको छ । केही अराजक र भ्रमको खेती गर्ने पक्षले सामाजिक सञ्जालमा अनावश्यक प्रचार गरे पनि प्रतिनिधिमण्डलले पूर्वनिर्धारित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन
सरकारले सुशासनलाई पनि मुख्य पौथमिकतामा राखेर काम अघि बढाएको छ । प्रधानमन्त्री ओलीले पटक पटक भन्दै आउनुभएको छ, “म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ ।” उहाँले सार्वजनिक कार्यक्रम र सरकारी संयन्त्रका आन्तरिक बैठकमा भ्रष्टाचार र अनियमितता गर्नेको मुखै नहेरी कानुनबमोजिम कारबाही गर्न स्पष्ट भन्नुभएको छ । उहाँले आफू पदका लागि राजनीतिमा नआएको र फोटो राख्नका लागि फेरि प्रधानमन्त्रीको कुर्सीमा नआएको मात्र होइन, आफूलाई धन कमाउनुपर्ने कुनै बाध्यता नरहेको, आफू र आफ्नो सचिवालयबाट कुनै लोभको आशय व्यक्त नगरिने व्यवहारतः सिद्ध गर्दै आउनुभएको छ । सत्ता घटकका दलले जारी गरेको साझा न्यूनतम कार्यक्रम तथा प्रधानमन्त्री र सरकारका विभिन्न मन्त्रीसँग भएका कार्यसम्पादन सम्झौतामा अनुगमन र परिणाम देखिने गरी कामका विवरण समावेश गरिएका छन् ।
समग्रमा सरकारले पारदर्शी, समावेशी, सुदृढ, सामाजिक न्याय र समानतासहितको अनुशासित, सुशासनयुक्त र समृद्ध समाज निर्माणमा प्राथमिकता दिएको छ । प्रधानमन्त्रीसमक्ष आउने ध्यानाकर्षणपत्र, माग र निवेदनलाई अध्ययन गरी सम्बन्धित निकायमार्फत सम्बोधन गराउन संयन्त्र बनाइएको छ । कुन फाइल कहाँ पुगेर कुन चरणमा छ भन्नेबारे सम्बन्धित पक्षले हेर्न मिल्ने गरी फाइल ट्र्याकिङ प्रणाली विकसित भएको छ । हेलो सरकारमार्फत गुनासो सुनुवाइ गर्ने काममा भएको सुस्तता हटाउन पहल भएको छ । सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० मा राष्ट्रिय परिचयपत्र आबद्ध गरी क्युआर कोडको प्रबन्ध गरिएको छ । सरकारी अस्पतालमा बिरामीले लाम लाग्नुपर्ने अवस्थाको अन्त्यका लागि प्रयास भएका छन् ।
आयोजनाका काममा गति
राष्ट्रिय गौरवका र अन्य आयोजनामा हुने गरेको ढिलासुस्तीलाई अन्त्य गर्दै तीव्र र प्रभावकारी रूपमा कामका लागि सरकारका सम्बन्धित किायकाले काम गरिरहेका छन् । काठमाडौँ–तराई मधेश द्रुतमार्ग, सिद्धबाबा सुरुङ, नागढुङ्गा सुरुङ, बर्दीबास–चोचा रेलमार्ग, मध्यपहाडी ९पुष्पलाल० राजमर्ग आदि आयोजनाको भौतिक र वित्तीय प्रगतिमा सुधार आउन थालेको छ । पानीजहाजसम्बन्धी विधेयक संसद्मा पुगेको छ भने बङ्गलादेशसँग बिजुली निर्यात सम्झौता भएको छ ।
यसबिचमा धरहराको पुनः सञ्चालन भएको छ भने मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन भएको छ । प्रधानमन्त्री ओलीका विगतका कार्यकालमा थालिएका फलामखानी, पेट्रोलखानी जस्ता महत्वाकाङ्क्षी र राष्ट्रिय आत्मनिर्भर हुने आयोजनामा पुनः प्राथमिकता दिइएको छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुने सुनिश्चित भएको छ । प्रधानमन्त्री ओलीले दबाब र प्रभावका भरमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने जस्ता विकृति अन्त्य गर्न स्पष्ट निर्देशन दिएपछि त्यस अनुसार काम हुन थालेको छ ।
अत्यावश्यक कानुन निर्माण, समाजिक सुधार र बेथितिमा नियन्त्रण ः सरकारले आममहत्वका कानुन निर्माणमा भइरहेको ढिलाइप्रति चासो दिएको छ । निजामती विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकलाई अगाडि बढाउन सम्बन्धित मन्त्री र संसदीय समिति लागेका छन् । चाडबाडमा बजारका कृत्रिम अभाव नहुन समयमै सचेत गराइएकाले यस पटक चिनीलगायत खाद्यान्न सामानको अभावका समाचार देखिएनन् भने नियमित अनुगमन गरिएकाले अचाक्ली महँगी हुन पाएन ।
सेवा प्रवाह प्रभावकारी
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सातबुँदे सहमतिको भावना अनुरूप सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक सय दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेरै योजनाबद्ध काम गरिएको छ । कांग्रेस र एमालेको गठबन्धन सरकारले देश र जनताका समस्या समाधान गर्ने गरी काम अघि बढाएको छ ।’
उहाँले विशेषतः सरकार गठनपछि देशमा बाढी, पहिरो र डुबानबाट पीडित नागरिको उद्धार, राहत र पुनस्र्थापनाका सन्दर्भमा प्रभावकारी काम भएको बताउनुभयो । उहाँले असोज १० देखि १३ गतेसम्मको भीषण वर्षाले भएको क्षतिका कारण तहसनहस भएका २० जिल्लामा राहत, उद्धारसँगै पुनस्र्थापनाको कार्य प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पर्याप्त जनशक्ति प्रयोग गरेर बिग्रेका सडक मर्मत गरेको छ । त्यसले दसैँ मनाउन जानेलाई सहज भयो । ७१ पालिकामा ५० लाखदेखि एक करोड रुपियाँसम्म दिइएको छ । सरकारले क्रमशः सुधारका काम गरिरहेको छ ।
विधिको शासन र शान्ति प्राथमिकतामा
मन्त्री सिंहले सरकारले विधिको शासन कायम, शान्ति प्रक्रिया र सङक्रमणकालीन न्यायलाई अन्तिम रूप दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब आयोग गठन हुन्छ । शान्ति प्रक्रियाले पूर्णता पाउँछ ।’ उहाँले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा सहकारी क्षेत्रमा देखिएको अपचलन र बचत दुरुपयोगबारे छानबिन र कानुनी कारबाही थालिएको बताउनुभयो । उहाँले विकास निर्माणका कार्यमा पनि प्रगति भएको बताउनुभयो ।

Previous Post

अख्तियार कञ्चनपुरमा परे २ दिनमै १२ उजुरी

Next Post

मन्त्री भण्डारी महेन्द्रनगरमा

Next Post

मन्त्री भण्डारी महेन्द्रनगरमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.