भीनपा ६ को उप निर्वाचनमा चन्द चुनाव लड्ने

सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा एमालेबाट बहादुर चन्द वडा अध्यक्षका उम्मेदवार हुने भएका छन् । एमाले भीनपा ६ वडा कमिटीले चन्द र जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीलाई वडा अध्यक्षको उम्मेदवारका लागि नगर कमिटीमा सिफारिश गरेको थियो । नगर कमिटी बैठकमा जिल्ला कमिटी सदस्य आग्रीले चन्दलाई उम्मेदवारका लागि समर्थन गरेपछि उनी चुनाव लड्ने निश्चित भएको हो ।
शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द केही महिना अघि शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित