
सार्थक ब्यूरो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मझगाउँ विमानस्थल निरीक्षण गरी दोधारा चाँदनी पुगेका छन् । दोधारा चाँदनी नगरपालिका १ मा प्रंस्तावित ुसुख्खा बन्दरगाह निरीक्षणका लागि मन्त्री भण्डारी दोधारा चाँदनीपुगेका छन् ।कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटनका लागि उनी मंगलबार साँझ महेन्द्रनगर पुगेका हुन् । दोधारा चाँदनीबाट फर्केपछि मन्त्री भण्डारीले एमाले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यसपछि उनी उद्योग बाणिज्य संघको साधारण सभा उद्घाटन गर्ने छन् ।
मन्त्री भण्डारी साधारण सभा उद्घाटनपछि छेला औद्योगिक क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि सरकारी कर्मचारीसित भेटघाट गरी उनी साँझ धनगढी हुँदै काठमाडौं फर्किने छन् ।संघको सभा कक्षमा संघका साधारण सभा हुन लागेको छ ।


















Discussion about this post