महसुल नबुझाउने १ हजार ग्राहकको लाइन काटियो

कैलालीमा महसुल नबुझाउने १ हजार ग्राहकको लाइन काटियो

सार्थक ब्यूरो । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले गत आर्थिक बर्षमा समयमै विद्युत महशुल नबुझाएका ग्राहकहरुको लाइन काटेको छ । विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा समयमा विद्युत महसुल नबुझाउने एक हजार ९ सय ६२ ग्राहकको लाईन काटेको थियो ।
विद्युत प्राधिकरण धनगढीका अनुसार गत आर्थिक बर्ष २०८०(०८१ मा ६ करोड १५ लाख २७ हजार ६५ रुपैंया बक्यौता महसुल रहेको थियो । लाईन कटौति गरेपछि ५ करोड १४ लाख ४७ हजार रुपैंया असुल भएको थियो ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण शाखाका उपप्रबन्धक मिथिलेश कुमार गोहिवारका अनुसार गत असार मसान्तसम्म धनगढी वितरण केन्द्रमा मात्रै १८ करोड ६२ लाख ७३ हजार ५४ रुपैंया बक्यौता रहेको थियो ।
उपप्रबन्धक गोहिवारका अनुसार धनगढी वितरण केन्द्रले अघिल्लो आर्थिक बर्ष २०७९(०८० मा पनि समयमै महशुल नबुझाउने ८ सय २३ जना ग्राहकको लाईन काटेको थियो । सो आर्थिक वर्षमा लाइन कटौतीका कारण ६ करोड ७३ लाख ४२ हजार रुपैंया असुल भएको थियो । अघिल्लो आर्थिक बर्षमा ८ करोड ९१ लाख ९२ हजार रुपैंया बक्यौता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित