
सार्थक ब्यूरो । सरकारले रुग्ण उद्योगलाई तीन मोडालिटी बनाएर सञ्चालन गर्ने तयारी अघि बढाएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताएका छन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभामा मन्त्री भण्डारीले सरकारले रुग्ण उद्योग सञ्चालनका लागि पहिचान गर्न आवश्यक अध्ययन अघि बढाएको बताएका हुन् ।
आफ्नो खेत बाँझो राखेर काकाको खेत हेर्दा राम्रो छ भन्ने कुरा अब हुँदैन, यो सोच बदल्न चाहन्छौ’ उनले भने,‘त्यस कारण रुग्ण उद्योग पहिचानन गरी सञ्चालन प्रक्रियामा जान चाहन्छौ, त्यसका लागि आवश्यक अध्ययनको प्रक्रिया थालिएको छ, त्यसका लागि मोडालिटी तयार गरेका छौ, रुग्ण उद्योग तीन मोडालिटीमा चलाउँछौ ।’
सरकारले संस्थानलाई निजीकरण गर्न लगाएको भन्ने अपवाह फैलाएकोमा असन्तुष्टि पोख्दै मन्त्री भण्डारीले सरकारले संस्थानमा आँखा नलगाएको उल्लेख गरे ।मन्त्री भण्डारीले निजी क्षेत्रसित सहकार्य गरी संस्थान सञ्चालन गर्न चाहेको बताए । स्थानीय उत्पादन प्रोत्साहनका लागि ५५ वस्तुको पहिचान गरी सरकारी कार्यालयमा हप्तामा दुई पटक स्थानीय उत्पादनका पोशाक लगाउने व्यवस्था सहितको तयारी थालिएको मन्त्री भण्डारीले बताए ।मन्त्रालय स्वदेशी उत्पादनलाई ब्राण्डिङ्ग, प्याटर्निङ्ग र प्याकेजिङ्ग गरी बजारीकरण गर्ने दिशामा अघि बढेको र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग चाहिने मन्त्री भण्डारीको भनाई थियो ।


















Discussion about this post